दुर्गममा जानै मान्दैनन् डाक्टर

दुर्गममा जानै मान्दैनन् डाक्टर

६ महिनादेखि डाक्टर विहिन रुकुम जिल्ला अस्पताल

धनवीर दाहाल, रुकुम ।

सरकारले जिल्ला स्वास्थ्य कार्यालय रुकुममा प्रमुख नपठाएको ६ महिना भएको छ । तत्कालिन जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र जिसी सरुवा भएर गएपछि हाल सम्म पनि स्वास्थ्य प्रमुख नपठाउँदा निमित्तको भरमा जिल्ला अस्पताल चलिरहेको छ ।

जिल्ला अस्पताल विकास समितिले पटक पटक स्वास्थ्य मन्त्रालयमा प्रमुख (डाक्टर) माग गरेपनि सुनुवाई नभएको अस्पताल विकास समितीका अध्यक्ष शिव आचार्यले बताउनुभयो ।

निमित्त प्रमुख सविन पोखरेलले पनि मन्त्रालयमै पुगेर डाक्टरको माग गर्नुभएको थियो । मन्त्रालयले पठाउने आश्वासन मात्रै दियो । तर, अहिले सम्म डाक्टर पठाउन नसेकेको अस्पतालको गुनासो छ । डाक्टर नआउँदा जिल्ला स्वास्थ्य कार्यालय ६ महिना देखी डाक्टर विहिन भएको छ ।

हालसम्म निमित्तले कार्यालय चलाउँदै आएका छन् । दुर्गममा नौं तहका डाक्टर आउन आनाकानी गरेपछि हाल सम्म प्रमुख आउन नसकेको बताइएको छ ।

मन्त्रालयमा माग गरिएपनि डाक्टर दुर्गम आउन नमानेको निमित्त प्रमुख डाक्टर प्रोखरेलले जानकारी दिनुभयो ।

‘प्रमुख नहुँदा त्यति धेरै समस्या त भएको छैन्’ उहाँले भन्नुभयोे, ‘तर प्रमुखको रिक्तता भने भएको छ ।’ दुर्गममा डाक्टर आउनु नमान्दा उपचारमा समस्या भएको बताइएको छ । आठौं तहका डाक्टरले उपचार र कार्यालय हेरि रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उपचारमा समस्या नभएपनि कार्यालय सञ्चालनमा डाक्टरको महसुस भएको निमित्त प्रमुख पोखरेलले जनाउनुभयो । हाल सम्म स्वास्थ्य मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा आउने डाक्टर तय गरेको छैन् । अन्य डाक्टर पनि आउन मानि नरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तत्काल नौं तहका डाक्टर पठाउन पर्ने स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया