समुदाय स्तरिय बाल क्लब गठन

समुदाय स्तरिय बाल क्लब गठन

दैलेख चैत्र १९- गुरास गाउँपालिकाको वडा नं. ४ पेटारीमा ३ वटा बाल क्लब र गुरासे बजारमा एउटा बाल क्लब गठन गरिएको छ । छाउपडि प्रर्था र बालबिबाह विरुद्ध अभियान संचालनका लागि बाल क्लब गठन गरिएको हो । गोमा वि.क.को अध्यक्षतामा गठित सहयोगी बाल क्लब १५ सदस्यीय रहेको छ । यस्तै दिपा शाहीको अध्यक्षतामा गठित सुभप्रभात बाल क्लब ११ सदस्यीय रहेको छ ।

उक्त बाल क्लबको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिको संयोजकमा जगत गुरुङ्ग रहेका छन् । यसैगरि बन्दना वलीको अध्ययक्षतामा गठित ज्ञानज्योती बाल क्लब ११ सदस्यीय रहेको छ । यस्तै गुरासे बजारमा मुस्कान थापाको अध्यक्षतामा गठित इन्द्रेणी बाल क्लब ९ सदस्यीय रहेको बताइएको छ । उक्त बाल क्लबको सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा चिन्तामणी कर्णेल रहेको बताएको छ । सल्लाहकार समिति ३ सदस्यीय रहेको छ । बाल मैत्री स्थानीय शासन लागु गर्नका लागि गुराँस गाउँपालिकाको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला हिंसा, छाउपडि, बहुविवाह, बाल विवाह सामाजिक कुप्रर्था अन्त्यका लागि अभियान कार्यक्रम अन्तरगत बाल क्लबहरु गठन गरिएको पारासामाजिक कार्यकर्ता अमृता विक.ले बताउनुभएको छ । बाल क्लब गठन कार्यक्रममा बाल मैत्री स्थानीय शासन अभियानकर्ता दिक्षा विश्वकर्मा समेत सहभागि हुनुहुन्थ्यो ।

प्रतिक्रिया