पर्यटकिय क्षेत्रको विकास, पहिलो प्राथमिकता – भण्डारी

पर्यटकिय क्षेत्रको विकास, पहिलो प्राथमिकता – भण्डारी

दुल्लु, दैलेख चैत्र २२- दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले पञ्चकोशी क्षेत्रको सम्र्बद्धन, संरक्षण, प्रबद्र्धन, पर्यटकिय गतिबिधि सञ्चालन गर्नको लागि ठोष प्रस्ताव बनएर प्रदेश र केन्द्र सरकारलाई बुझाउने बताएका छन् । नगर प्रमुख भण्डारीले दुल्लू अस्पतालमा स्तर बृद्धिको लागि एक्सरे, विभिन्न सामग्रीहरु अप्रिल ११ मा जापानीज टोली आएर जडान गर्ने र दुल्लु नगरपालिकाका ६ वटा स्वास्थ्य संस्थामा बिशेषज्ञ सेवा सहितको एउटा स्तरिय ल्याव सेवा सञ्चालन गर्ने बताए । बुधबार दुल्लू नगरपालिकाको दोस्रो नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले उक्त कुरा बताए । नगर प्रमुख भण्डारीले भने “दुल्लु नगरपालिका नेपालमै पहिलो नगरपालिका हुनेछ आफ्नै अप्टिकल फाइबर बनाएर १० किलोमिटर अप्टिकल फाइवर बिस्तार गरेर नेट सञ्चालनमा पारदर्शिता गराइने बताए ।


नगर प्रमुख घनश्याम भण्डारीले ऐन, नियमावली, कार्यविधी र निर्देशिका लगाएत १४ वटा कानुन बुधबार बसेको नगर सभामा पेस गर्नु भएको थियो । नगर सभामा पेस भएका प्रस्ताव हरुलाई विस्तृत अध्ययन गरेर कार्यपालिकाको बैठकले पास गर्ने निर्णय गरेको छ । नगर सभामा प्रथम नगर सभा देखी हाल सम्म नगर कार्यपालिकाले गरेका योजना संसोधन एंव लागत सहभागिता सम्बन्धी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।
दुल्लू नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ढाल बहादुर हमालले नगरपालिकामा भएका कार्य प्रगति विवरण र वित्तिय विवरण पेस गर्नु भएको थियो । नगर सभामा बोल्दै वडा नं. ११ का वडाअध्यक्ष खगेन्द्र थापाले दुल्लू नगरपालिकामा विकरालकोे रुपमा रहेको गुठी जग्गाले समस्या बनाएको भन्दै गुठी जग्गालाई रैकर सो सरहको सेवा सुविधा गर्नुपर्ने माग गर्नु भयो ।
यस्तै वडा नं. १ का वडाअध्यक्ष नयाराम थापाले सडकमा राखिएका निर्माण समग्री हटाउनको लागि नगरपालिकाले बिशेष पहल गर्नुपर्ने बताए । दुल्लू नगरपालिकाको पहिचान, ऐतिहासिक पुरातात्विक र संस्कृति सम्पदाको संरक्षण बिकास हाम्रो अभियान मुल नारालाई आत्मसाथ गर्दै नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप–प्रमुख बिश्णु थापाले स्वागत मन्तब्य राख्नु भएकोे थियो ।

प्रतिक्रिया