‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानी गर्नुस् ।’

‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानी गर्नुस् ।’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यवसायीहरूलाई सम्बोधनका क्रममा नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानी गर्नुस् ।’ नेपालले उदार अर्थतन्त्रको नीति लिएको भन्दै सरकारले वैदेशिक लगानीको संरक्षण गर्ने प्रभानमन्त्री ओलीले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपालमा लगानीका लागि सुरक्षा रहेको बताएका थिए ।

प्रतिक्रिया