कर्मचारी काजमा जाँदा सेवाग्राही मारमा 

कर्मचारी काजमा जाँदा सेवाग्राही मारमा 

दैलेख — नारायण नगरपालिका–९ का एक ज्येष्ठ नागरिक कमल थापा बिहीबार राजश्व बुझाउन नगरपालिकाको कार्यालयमा पुग्दा राजश्व बुझ्ने कोठमा ताल्चा लागेको थियो ।   राजश्व शाखामा ताला लगाएको पाएपछि उनी सिधै कार्यालय प्रमुख जगत बस्नेतको कार्यकक्षमा प्रवेश गरे । उक्त कार्यकक्षमा निकै भिडभाड देखिन्थ्यो । सेवाग्राही कार्यालय प्रमुखलाई सोधिरहेका थिए, राजश्व कस्ले बुझ्ने हो ? सर कोठामा हुनुहुँदैन ? प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत सेवाग्राहीलाई जवाफ दिइरहेका थिए, एकैछिन बस्नुहोस उहाा आउँदैहुनुहुन्छ । यी र यस्तै प्रश्नोत्तर बिहीबार नगरपालिकाको कार्यालय समयसम्म चलिरहे ।

नारायाण नगरपालिकाको कार्यालयमा आएका सेवाग्राही
नगरपालिकाको राजश्व शाखाका दुबै जना कर्मचारी अनुपस्थित हुँदा सेवाग्राहीले पीडा भोग्नुपऱ्यो भने कर्मचारी नभएपछि कार्यालय प्रमुखलाई पनि जवाफ दिन हैरान भयो । हाल नारायण नगरपालिकाका राजश्व शाखा प्रमुख प्रेम उपाध्याय, सेर्वे शाखा प्रमुख ज्ञानेन्द्र केसी र जिन्सी शाखा प्रमुख तथा वडा ७ का वडा सचिव नेत्र बस्नेत आर्थिक तथ्यांक संकलनका लागि गणक पदका लागि काजमा खटाइएको छ ।
गत मंगलबारदेखि उनीहरु अढाई महिना लामो काजमा खटिएका छन् । यति लामो काजमा कार्यालयका व्यवस्त कर्मचारीलाई खटाएपछि सेवाग्राही मर्कामा परेका छन् । टाढाबाट राजश्व बुझाउन आएका सेवाग्राहीसमेत तनावमा परेको ज्येष्ठ नागरिक थापाले बताए ।
एमालेको वर्चश्व रहेको नगरपालिकामा एमाले निकट कर्मचारीलाई मात्रै यस्ता सुविधा दिने गरिएको अन्य कर्मचारीको गुनासो छ । काजमा खटाइएका तीनैजना कर्मचारी एमाले निकट हुन् । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले दिउँसो कार्यालयमा हाजिर हुने गरी काजमा खटाएकाले सेवाग्राहीलाई मर्का नहुने बताए ।

प्रतिक्रिया