दुल्लूमा १० किलोमिटर प्रबिधियुक्त अप्टिकल फाइवर बिछ्याइने

दुल्लूमा १० किलोमिटर प्रबिधियुक्त अप्टिकल फाइवर बिछ्याइने

दैलेख २९ चैत्र- दुल्लू नगरपालिकामा नेपालमै पहिलो पटक प्रविधियुक्त अप्टीकल फाइवर बिछ्याइने भएको छ । दुल्लू नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा स्तरवृदि गर्नको लागि ६ वटा स्वास्थ्य संस्थामा टेलीमेडिसियन जडान गरिने छ । मध्य पहाडीको सिमा जोडिएको घियातिदुदेखी बिनायकसम्म १० किलोमिटर अप्टीकल फाइवर बिस्तार गरिने नगरपालिकाले जानकारी दिएको छ । दुर स्वास्थ्य कार्यक्रम अन्र्तरगत सेवा बिस्तार गरेर स्वास्थ्य संस्थाको स्तरवृदिमा टेवा पुग्ने बिश्वास नगरपालिकाले गरेको छ ।

बिहिबार दुल्लू नगरपािलकामा एक कार्यक्रमको आयोजना गरेर यसको जानकारी गराइएको हो । अप्टीकल फाइबरको बिस्तारले दुल्लू नगरपालिकामा इन्टरनेटको पहुचलाई स्तरबृदि गर्नमा टेवा पुग्ने छ । नेपाल सरकारले कर्णाली प्रदेशमा दुल्लू नगरपालिकालाई स्मार्ट सिटी घोषणा गरेको हुँदा सुचना प्रविधी मैत्री नगर बनाउनको लागि आफुले अप्टीकल फाइबर बिस्तारमा पहल गरेको नगर प्रमुख घनश्याम भण्डारीले बताए । अहिले १० किलोमिटर अप्टीकल फाइबर बिक्ष्याउने काम भए पनि निकट भविश्यमा नगरपालिकामा २०० किलोमिटर सडकमा फाइबर बिक्ष्याइने र प्रत्येक वडामा इन्टरनेट जडान गरिने नगर प्रमुख भण्डारीले बताए । भण्डारीले भने दुल्लू नगरपालिकाको आफ्नै नेटवर्क सर्विस बनाउनको लागि नगरपालिकाको ५१ प्रतिशत सेयर र ४९ प्रतिशत स्थानियको सेयर लगानी गरिने छ ।

अबको ३ दिनमा अप्टीकल फाइबरको सर्बे सकेर ६ महिनामा अप्टीकल फाइबर बिच्छाइ सकिने आइसिटी फर डीका प्रमुख पवन सिङ सकयाले बताए । एसिया प्यासिफेक्ट टेलीकमिनेटलो समुन्द्र देखी सगरमाथा सम्म यस्तो काम गरेको र नेपालमा भने पहिलो पटक दुल्ल्ूा नगरपालिकामा अप्टीकल फाइबर बिक्षाउने काम हुने प्रमुख सकयाले बताए ।

अप्टिीकल फाइबर बिक्ष्याउनको लागि केडीडीआइ जापान को आर्थिक सहयोग एसिया प्यासिफेक्ट टेलीकमिनेट जापानको प्राविधिक सहयोग र दुल्लू नगरपालिकाको साझेदारीमा हुन लागेको हो ।

प्रतिक्रिया