चामुण्डाको दोश्रो नगरसभाले ग¥यो १८ विद्येयक पारित

चामुण्डाको दोश्रो नगरसभाले ग¥यो १८ विद्येयक पारित

चामुण्डा (दैलेख)- चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखको दोश्रो नगरसभा शुक्रबार जम्बुकाँधमा सम्पन्न भएको छ । नगरपालिका नगर प्रमुख सुर्यबहादुर शाहीको अध्यक्षतामा भएको नगरसभामा १८ वटा विद्येयकहरु पास गरेको हो ।
कृषिलाई आधुनिक र व्यवसायिकरण गराउन कृर्षि व्यवसाय प्रवद्र्धन विद्येयक पास गरेको छ । नगरपालिकालाई कृषि पर्यटकीय क्षेत्र बनाउनका लागि कृषि व्यवसाय प्रवद्र्धन विद्येय पास गरिएको नगर प्रमुख शाहीले जानकारी दिए ।
नगरपालिकाको दैनिकको काम काजलाई सहज बनाउका लागि स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन विद्येयक पारित गरिएको छ । विद्येयक समितिका संयोजक एवम् वडा नं। ८ का वडाअध्यक्ष वीरबहादुर शाहीले पास गरिहोस भनि पेश गरिएको विद्येयकलाई बहुमत सदस्यहरुले पारित गरेका थिए ।
यसैगरी स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन विधेयक, ।प्रशासकिय कार्यविधि, ।नागरिक वडापत्र विधेयक, ।एफ।एम।रेडियो व्यवस्थापन तथा संचालन विद्येयक, सहकारी विद्येयक, चामुण्डाविन्द्रासैनी नगरपालिका संसोधित विनियोजन विद्येयक, ।स्थानिय तहको योजना तथा बजेट तर्जुमा सम्बन्धि विद्येयक, ।नगरपालिकाका पदाधिकारीहरुको लागि आचार सहिंता विद्येयक पास गरिएको छ ।


यस्तै ।बजार अनुगमन विद्येयक, ।स्थानिय राजपत्र प्रकाशन सम्वन्धि कार्यविधि, ।“घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्वन्धि विद्येयक, एकिकृत सम्पत्ति कर व्यवस्थापन विद्येयक, ।न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, नगरपालिकाको आर्थिक कार्यविधी नियमित तथा व्यवस्थि तगर्न बनेको विद्येयक, चामुण्डाविन्द्रासैनी नगरपालिकाको शिक्षा विद्येयक, ।सामाजिक परिचालन तथा सुशासन कार्यक्रम प्रस्तावना विद्येयक २०७४ पास गरिएको छ ।
नगरसभामा नगर उप–प्रमुख ताराकुमारी शाही –खत्री०ले आवश्यकताका आधारमा आगामी दिनमा विद्येयक संशोधन गर्ने बताईन । नगरसभाबाट पास भएका यी विद्येयकहरुलाई पुर्ण रुपमा कार्यन्वय भएपछि चामुण्डाविन्द्रासैनी नगरपालिका सम्बृद्ध बन्ने दावी गरिन् ।

प्रतिक्रिया