छाउपडि र बाल विवाह न्यूनिकरण अभियानमा बाल क्लब

छाउपडि र बाल विवाह न्यूनिकरण अभियानमा बाल क्लब

दैलेख बैशाष १  –दैलेखको गुरासँ गाउँपालिका वडा नं. ३ सेरी (साविकको खड्गवाडा गाउँ विकास समिति वडा नं. १,२ र ३ लाई लक्षित गदैै छाउपडि प्रर्था र बाल विवाह न्यूनिकरण विषयक बक्तृत्वकता प्रतियोगिता सम्पन्न गरिएको छ । फुलबारी बाल क्लबको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । फुलवारी बाल क्लबका अध्यक्ष याम बहादुर वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रमका समुदाय स्तरिय विभिन्न बाल क्लबहरु विच प्रतिशपर्धा गराइएको थियो ।

बाल मैत्री स्थानीय शासन लागु गर्नका लागि गुराँस गाउँपालिकाको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला हिंसा, छाउपडि, बहुविवाह, बाल विवाह सामाजिक कुप्रर्था अन्त्यका लागि अभियान कार्यक्रम अन्तरगत उक्त कार्यक्रम गरिएको बाल मैत्री स्थानीय शासन अभियानकर्ता मनिषा खड्काले जानकारी दिनुभयो । कार्यक्रम सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोगमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया