महिला अधिकारका लागि पैरवी तथा वकालत तालिम

महिला अधिकारका लागि पैरवी तथा वकालत तालिम

दैलेख बैशाष ५ – दैलेख सदरमुकाममा महिला अधिकारका लागि पैरवी तथा वकालत सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । महिला युवा तथा बाल अधिकार प्रर्बद्धन कार्यक्रम अन्तरगत कार्यक्षेत्रका महिला समूह एंव संजालका पदाधिकारीहरु, जिल्ला महिला संजालका पदाधिकारीहरुलाई ३ दिने तालिम प्रदान गरिएको  हो । तालिममा लैंिगक समानता, महिला तथा पुरुषको भूमिका, लैंगिक हिंसा हुने कारणहरु, बाल विवाह, बहुविवाह लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण गर्दै जिल्ला बार यशोसियन दैलेखका अध्यक्ष यामराज थापाले महिला अधिकारको विषयमा बनेका कानुन, स्थानीय तहले महिला अधिकारको क्षेत्रमा गर्ने काम, मावन बेचबिखन, बस्तीस्तरको योजना तर्जुमा प्रक्रिया लगाएतका विषयमा जानकारी गराएका थिए । ३ दिन सम्म संचालन भएको तालिमको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक दुर्गा गिरीले सहजिकरण गरेकी थिइन् ।
एइआइएन जक्जम्बर्ग र टिडिएच जर्मनीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्बद्धन कार्यक्रमको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम समापनमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यकारी निर्देशक डम्बर कार्की, निर्देशक बसन्त श्रेष्ठ, सहायक निर्देशक चन्द्र कटुवाल लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया