जनताद्वारा जनप्रतिनिधिलाई प्रश्नै प्रश्नः समृद्ध गाउँपालिका बनाउन व्यवसायमुखी काम गर्न सुझाव

जनताद्वारा जनप्रतिनिधिलाई प्रश्नै प्रश्नः समृद्ध गाउँपालिका बनाउन व्यवसायमुखी काम गर्न सुझाव

दैलेख गुराँस गाउँपालिकाका जनताले जनचाहानाअनुसारको योजना बनाई कार्यान्वयन गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।
गुराँस गाउँपालिकासँगको समन्वयमा गुराँस आवाज साप्ताहिक पत्रिकाको आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रमका सहभागिहरुले यस्तो सुझाव दिएका हुन् ।
उनिहरुले वितरणमुखि वजेटभन्दा विकासमुखि वजेटमा ध्यान दिनुपर्नेमा जोड दिदै विगतमा विकासको नाममा गरिएका कार्य चित्त नबुझ्दो भएको बताएका छन् ।
वडा नम्बर २ मा गरिएको कार्यक्रमका सहभागि भएका जयबहादुर ओलीले आर्थिक सामाजिक रुपमा अगाडी बढाउँन के गर्नुभएको छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आर्थिक सामाजिक रुपमा अगाडी बढाउन आफुले ऐन, नियम गाउँसभाबाट पास गरिसकेको भन्दै अब आर्थिक सामाजिक रुपमा समाज अगाडी बढ्ने बताए ।
कार्यक्रममा बोल्दै तुलसी पुन मगरले जनजातीलाई हेर्ने दृष्ट्रिकोढणमा कहिले परिवर्तन आउने हो ? भन्दै प्रश्न गरिन् । जवाफमा गाउँपालिका उपाध्यक्ष दीपा विसी रावलले महिला दलित आदिबासीको उत्थानको लागि आफुहरुले क्षमता विकास तथा स्वरोजगारमुखी कार्यक्रम संचालन गरिएको भन्दै अब हरेक क्षेत्रमा सहभागिता बढ्ने बताइन् ।
कार्यक्रममा वडा अध्यक्षलाई प्रश्न गर्दै जय बहादुर ओलीले वडाले काम राम्रोसँग किन गर्न नसको भन्दै प्रश्न गरे । जवाफमा वडा अध्यक्ष रत्न बहादुर रावलले वडाबाट दिइने सेवामा कहिले समस्या भयो ? भन्दै उल्टै प्रश्न गरे । उनले वडामा काम गर्ने कर्मचारीको समस्या भएको भन्दै त्यती हुदापनि जनताको काम राम्रोसँग गरेको बताए ।
वडा नम्बर ३ मा गरिएको कार्यक्रममा बोल्दै स्थानिय टीकाराम सलामीले गाउँपालिकाले गरिबलाई हेर्ने दृष्ट्रिकोण के हो भन्दै प्रश्न गरे ?  जवाफमा गाउँपालिका अध्यक्ष ओलीले गरिबीको चपेटमा रहेका व्यक्तीहरुको लागि विशेष कार्यक्रम ल्याइएको भन्दै अबको ५ बर्षमा कोही व्यक्ती गरिब भएर बाच्नु नपर्ने बताए ।
सहभागिहरुको प्रश्नको जवाफ दिदै ३ नम्बरका वडा अध्यक्ष गंगाराम खत्रीले वडाको समस्या समाधानको लागि आफु प्रतिवद्ध रहेको बताए । अर्का सहभागि चित्र बहादुर खत्रीले जनतालाई बजेटको सिलिङ्ग हेर्न सक्नेगरी प्रत्येक वडापालिकाको कार्यालय बाहिर टास्न सुझाव दिए । यता, वडा नम्बर ४ मा गरिएको कार्यक्रमका सहभागिहरुले पनि विकासमा अपनत्व कायम हुनेगरी काम गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा बोल्दै वडा नम्बर ४ की पुष्पा गुरुङ्गले महिलाहरुलाई सिपमुलक तालिम दिनअगाडी उनिहरुलाई घरबाहिर ल्याउने वतावरण सृजना गर्न गर्न के गर्नुभएको छ ? भन्दै प्रश्न गरिन ।
जफावमा गाउँपालिका उपाध्यक्ष दीपा कुमारी विसीले महिलाहरुलाई माथी उठाउन प्रत्येक टोलमा सचेतनामुलक कार्यक्रम संचालन गरिएको भन्दै यदी घरेलु हिंसा भएको थाहा भए कारबाहीको दायरामा लिने बताइन् ।
अर्का सहभागि टेकराज शाहीले गुणस्तरिय शिक्षाको लागि गाउँपालिकाले के गरेको छ ? भनि सोधेका थिए जवाफमा गाउँपालिका अध्यक्ष ओलीलेृ मावि तहका विद्यालयमा इ हाजिरीको व्यवस्था गरिएको भन्दै विद्यार्थीहरुलाई अभ्यास बनाउन उत्पादनमुलक कार्यमा लाग्न भनिएको बताए ।
केहि विद्यालयले अहिले अलैची, सुन्तला लगायतका खेती गर्न खाडल समेत खन्न शुरु गरेको भन्दै अब किताबी ज्ञानले मात्र शिक्षाको गुणस्तर नबढ्ने बताए ।
प्रश्नकर्ताको जवाफ दिदै वडा नम्बर ४ का अध्यक्ष खड्क बहादुर शाहीले ४ नम्बर वडाका केहि टोलमा पानी बत्तीको अशुविधा रहेको भन्दै आफ्नो कार्यकालमा सबै ठाउँमा शुविधा पु¥याउने प्रतिवद्धता जनाए ।
कार्यक्रम प्रश्न गर्ने अधिकांस सहभागिहरुले गाउँपालिका समृद्ध बनाउनको लागि व्यवसायमुखि काममा लाग्नेगरी निति बनाउन आग्रह गरेका छन् । जफावमा जनप्रतिनिधिले गुराँस गाउँपालिकाको समग्र विकासका लागि जनताले दिएको सुझावलाई मध्यनजर गर्दै जाने बताए । उनिहरुले आगामी दिनमा पनि यो कार्यक्रम आवश्यक भएको ठान्दै अर्को पटक आउँदा उत्तर दिन सजिलो हुनेगरी आउने बताए ।
अन्य वडाहरुमा पनि यो कार्यक्रम बैशाखभित्र सक्नेगरी लागिएको आयोजक गुराँस आवाज साप्ताहिक पत्रिकाका सम्पादक टेकराज केसीले जनकारी दिए ।

प्रतिक्रिया