जन्मदर्ता नभएर विद्यार्थीभर्नामा समस्या

जन्मदर्ता नभएर विद्यार्थीभर्नामा समस्या

विद्यालयमा अहिले विद्यार्थी भर्ना अभियान चलिरहेको छ । शैक्षिक सत्रको दोस्रो हप्ता सम्म प्रत्येक विद्यालयले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गर्छन् । विद्यालय भर्ना नभएका वा विद्यालय विचमै छोडेका बालबालिकालाई विद्यालयमा भर्ना तथा स्वागत गर्ने गरिन्छ । तर, अहिले पनि अधिकाँस बालबालिकाहरु विद्यालय भर्ना हुन सकिरहेका छैन्न् ।
भैरवी गाउपालिका वडा नं ४ स्थित एकै परिवारका ३ दाजुभाई जन्मदर्ताको अभावमा विद्यालय भर्ना हुन पाइरहेका छैनन् । विद्यालय भर्ना हुनको लागि जन्मदर्तालाई अनिवार्य बनाइएको छ । तर, जन्मदर्ताको अभावमा ति दाजुभाई आधारभूत शिक्षाबाट बञ्चित हुने सम्भावना देखिएको छ ।
ठाटीकाँध गाउपालिका वडा नं ४ विसल्लाकिबासना सिजापतीको विहे १० वर्ष अगाडी भैरवी गाउपालिका वडा नं ४ का झलक थापासँग भएको थियो । थापाबाट उनका ४ सन्तान छन् । उनकाश्रीमान थापा विगत ३ वर्ष देखि वेपत्ता छन् । उनको अवस्थाका बारेमा परिवारलाई कुनै जानकारी छैन् । श्रीमान साथमा नभएपछि उनी हाल माइतीघरमा बस्दै आएकी छिन् ।
माइतीघरमा बस्दै आएकी बासनाको नत नागरिकता छ नत विवाह दर्तानै । आमा बाबुको नागरिकता र विवाह दर्ता नभए पछि उनका छोराहरुको जन्मदर्ता हुन सकिरहेको छैन् । उनका चार छोरा मध्ये विद्यालय जाने उमेर समूहका वर्ष ८ का नवीन, वर्ष ६ का दिनेश र वर्ष ४ का दिपिन थापा रहेका छन् । आमा बाबुको नागरिकता र विवाह दर्ताको प्रमाण पत्र नभए पछि स्थानीय तहले उक्त बालकहरुको जन्मदर्ता गर्न मानिरहेको छैन् ।
नेपालको संविधानले प्रत्येक बालबालिकाको नाम र जन्मदर्ताको हक हुने व्यवस्था गरेपनि झन्झटिलो कानुनी प्रक्रियाका कारण जिल्लामा जन्म दर्ता विहिन  वालबालिका धेरै हुनसक्ने बालअधिकारकर्मीको भनाई रहेको छ । बाबुको टुङ्गो नलागेका, अवैद्य रुपमा जन्मिएका र अभिवाकले परित्याग गरेका त्यस्ता बालबालिकाहरुको जन्मदर्ता हुन नसकेका कारण राज्यबाट पाउने सेवासुविधामा बञ्चित हुन पुगेका छन् । अहिले जिल्लामा विद्यार्थी भर्ना तथा स्वागत अभियान चलिरहेको छ । तर, जन्मदर्ताकै अभावमा बालबालिका विद्यालयमा भर्ना हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया