फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

फेन्सी पसलमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

दैलेख, ८ वैशाख । सदरमुकाम नारायण नगरपालिकामा रहेको फेन्सी पलसमा आगलागी भएको छ । फेन्सी पसलमा आगलागी हुँदा झण्डै ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्रिभुवन मावि नजिकै रहेको नरेन्द्रप्रसाद पोखरेलको पसलमा आगलागी भएको हो ।

शुक्रबार राति झण्डै ९ बजेतिर पसलमा आगलागी भएको थियो । गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भएको देखेपछि तत्काल निभाउन सफल भएको डिएसपी सरोज पौडेलले जानकारी दिनुभयो । स्थानीय, प्रहरी, सेना र दमकलको सहयोगमा राति नै आगलागि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया