बाल बिवाहमा सहभागि नहुँन वडा अध्यक्ष निर्देशन

बाल बिवाहमा सहभागि नहुँन वडा अध्यक्ष निर्देशन

दैलेख–जिल्लाका विभिन्न भेगहरुमा बाल विवाह न्यूनिकरणको अभियान चलिरहेकै बेला दैलेखको गुराँस गाउँपालिका वडा नं. ८ मा पनि बाल विवाह न्यूनिकरणको अभियानले तिब्रता पाएको छ । अभियानकै लागि शनिवार बसेको सर्वपक्षिय बैठकले गाउँघरमा हुने बाल विवाहमा सहभागि नहुँन र भएको पाइएमा सहभागी हुने जो कोहीलाई कार्बाही गर्ने निणर्य गरिएको छ । गुरास गाउँपालिका वडा नं. ८ काृ बाल संरक्षण समिति र बाल मैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरुको बसेको बैठकले यस्तो निणर्य गरेको हो । वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने उदेश्य सहित बाल विवाह न्यूनिकरणको अभियान तिब्र पारिएको वडा अध्यक्ष पूर्ण बहादुर वलीले जानकारी दिएका छन् ।
बैठकले वडाबाट आउने बाल विवाहका घटनाहरुलाई स्थानीय प्रहरी चौकीमा उमेर नपुग्दा सम्म अलग अलग बस्ने गरि कागज गराएको गराएपनि पछि गएर उनिहरु संगै बस्ने गरेको पाइएपछि बाल विवाहका घटनाहरुलाई सिधै जिल्ला प्रहरी कार्यालयमा पुर्याउने र बाल विवाह गर्ने र बाल विवाहमा संलग्नलाई कानुनी कार्बाहीको प्रक्रिया अगाडी बढाउने निणर्य गरिएको छ । बैठक गुराँस गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष पूर्ण बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको हो ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित सहयात्रा परियोजनाले उक्त वडामा बाल मैत्री स्थानीय शासन घोषणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया