वडा कार्यालयले गर्यो बृद्धबृद्धालाई सम्मान

वडा कार्यालयले गर्यो बृद्धबृद्धालाई सम्मान

दैलेख बैशाष १०- दैलेख, डुङ्गेश्वर गाउँपालिका वडा नं. २ लाँकुरीले वडा भित्रका बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले सोमवार एक कार्यक्रमको आयोजना गरि बृद्ध बृद्धालाई सम्मान गरेको हो । वडा कार्यालयले बृद्धबृद्धा लक्षित कार्यक्रमबाट उनिहरुलाई सम्मान गरिएको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु कुमार खत्रीले जानकारी दिएका छन् । उनका अनुसार बृद्ध बृद्धाहरुलाई सम्मान स्वरुप वडा कार्यालयले यस्तो कामको थालनी गरेको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा ९९ बर्षिया बृद्धा बाटु विष्ट लगाएत १२ जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको बताइएको छ। १२ जना बृद्ध बृद्धाहरुलाई प्रति व्यक्ति एक हजार रुपैयाँ समेत प्रदान गरिएको वडा अध्यक्ष राजु कुमार खत्रीले जानकारी दिए । बृद्धबृद्धाहरुलाई सम्मान सहित फलफुल समेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया