औषधी ब्यवस्था बिभाग नेपालगंजद्धारा दुल्लूमा औषधी पसलको अनुगमन

औषधी ब्यवस्था बिभाग नेपालगंजद्धारा दुल्लूमा औषधी पसलको अनुगमन

निरक शाही
दुल्लु (दैलेख) बैशाष ११-औषधी ब्यवस्था बिभाग नेपालगंजले मंगलबार दुल्लूमा सञ्चालनमा रहेका औषधी पसलको अनुगमन गरेको छ । बिभागले दुल्लू अस्पतालमा सञ्चालनमा आएको फार्मेसी , बिबि थापा मेडिकलहल लगाएतका औषधी पसलमा छड्के अनुगमन गरेको हो । औष्धी बिभागले औषधी पसलमा अनुगमन गरिरहेको बेला दुल्लमा रहेका अरु औषधी पसलहरु बन्द भएका थिए ।

बन्द रहेका औषधी पसललाई इलाका प्रशासन कार्यलय दुल्लूलाई बोधार्थ राखेर पत्र मार्फत स्पस्टीकरण सोधीने औषधी ब्यवस्था बिभाग नेपालगंजका फार्मेसी अधिकृत हेमन्त भट्टले बताए । औषधी ब्यवस्था बिभागले दैलेख सदरमुकाममा सञ्चालन रहेका मेडिकलहलको अनुगमनको क्रममा ७ वटा औषधी पसलमा अनुगमन गरिएको अधिकृत भट्टले बताए । अनुगमनमा सदरमुकाममा रहेको एउटा औषधी पसललाई बन्द गरिएको उनले बताए ।

औषधी ब्यवस्था विभाग नेपालगंजका फार्मेसी अधिकृत हेमन्त भट्टको नेतृत्वमा भएको अनुगमनमा फार्मेसी सुपरभाइजर पुस्पा रिजाल , इलाका प्रशासन कार्यालय दुल्लूका सुब्बा चक्र थापा, दुल्लू नगरपालिकाका सहलेखापाल राजेन्द्र अधिकारी , उद्योग वाणिज्य संघ दुल्लूका महासचिव चन्द्र प्रसाद पोखरेल, इलाका प्रहरी कार्यलय दुल्लूका प्रहरी हवल्दार यज्ञ खड्का लगाएतको सहभागितामा औषधी पसलको अनुगमन गरिएको हो ।

प्रतिक्रिया