बेरोजगार युवाका लागि ‘स्वरोजगार मेला’

बेरोजगार युवाका लागि ‘स्वरोजगार मेला’

दैलेख बैशाष १२- दैलेखको गुराँस गाउँपालिकाले कर्णाली प्रदेशकै पहिलो बेरोजगार युवाहरुको रोजगार/स्वरोजगार मेला संचालन गर्ने भएको छ । वेरोजगारी समस्या हल गर्ने उद्देश्यले गाउँपालिका भरका वेरोजगार युवाहरुको उपस्थितिमा मेला संचालन गर्न लागेको हो ।

मेलामा वेरोजगार बस्नुको कारणबारे स्पष्ट हुनेगरी युवालाई फर्म भर्न लगाइनेछ । फर्ममा वेरोजगार बस्नुको कारण के हो ? के काम गर्न सक्षम हो ? कती योग्यता छ ? लगायत कुराहरु समेटिएको हुनेछ भने त्यस फर्म भरे पश्चात वेरोजगारी युवाहरुको तथ्याङ्कका साथै वेरोजगारी समस्या हल गर्न योजना निर्माण गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
मेला ८ वटै वडा समेटिनेगरी तिनवटा क्षेत्र तोकिएको छ । जसमध्ये वडा नम्बर १, २ र ३ युवाहरुको लागि पातिकाल्ना, वडा नम्बर ४ र ५ को घोडाबासमा मेला संचालन हुने छ । त्यस्तै, वडा नम्बर ६, ७ र ८ को धरमपोखरा बजारमा मेलाको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । मेलाको व्यवस्थापन र प्रचार प्रसारका लागि गाउँपालिकाका उपाध्यक्ष दीपा विसीको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरिएको छ ।

जसको सदस्यमा प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्ल र कर्ण बहादुर थापा छन । साझेदार संस्था एभरेष्ट क्लव दैलेखको तर्फबाट टेकराज आचार्य र यज्ञराज थापा रहेका छन भने पत्रकार टेकराज केसीलाई समितिमा राखिएको छ ।
स्वरोजगार मेला भनेर नाम दिइएपनि यो सामग्री प्रदर्शन गर्ने तथा स्टल राख्नेगरी गरिने मेला नभएको संयोजक विसीले जानकारी दिइन् ।
आगामी ५ बर्षभित्र गुराँस गाउँपालिकाबाट बेरोजगारी समस्या न्युनिकरण गर्नेगरी यो मेला आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । ‘हामी ५ बर्षभित्र गुराँस गाउँपालिकाबाट बेरोजगारी समस्या न्युनिकरण गरी समृद्ध र हेर्न लायक गाउँपालिका बनाउने अठोट लिएका छौ,त्यही अनुरुप वेरोजगारी युवाहरुको संख्या कती छ र के काम गर्न चाहान्छन् त्यसको तथ्याङ्क संङ्कलन गर्न चाहान्छौ, त्यसकारण यो मेला आयोजना गरेका हौ ।’ उनले भने ।
अध्यक्ष वलीले जिल्ला तथा जिल्ला बाहिर रहेका रोजगारदाता संस्थाहरुलाई मेलामा सहभागि हुन आग्रह गरेका छन् । रोजगार सुचना केन्द्रका रोजगार अधिकारी अमित केसीले स्वरोजगार हुन के गर्ने भन्ने विषयमा काउन्सिलिङ दिइने भन्दै मेलामा सबै युवाहरु सहभागि हुनुपर्ने बताए ।
बेरोजगार युवाहरुको स्वरोजगार मेला बैशाख १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जनाइएको छ । मेलामा सहभागि भई आफु बेरोजगारी बस्नुको कारण के हो ? र के काम गर्न योग्य हो, सोको बारेमा जानकारी दिन आ–आफ्नो क्षेत्रमा हुने मेलामा सहभागि भई सुनौलो अवसर लिन गाउँपालिकाले आग्रह समेत गरेको छ । मेला गुँरास गाउँपालिका र एभेरेष्ट क्लव दैलेखको संयुक्त आयोजनामा संचालन हुन लागेको हो ।

प्रतिक्रिया