मदिरा नियन्त्रणमा वडाअध्यक्ष, २ सय ६० लिटर कच्चा पदार्थ नष्ट

मदिरा नियन्त्रणमा वडाअध्यक्ष, २ सय ६० लिटर कच्चा पदार्थ नष्ट

१३ बैशाख, दैलेख- दैलेख स्थित दुल्लु नगरपालिका वडा नं.११ कालभैरवमा अवैध मदिराको लागि राखिएको कच्चा पदार्थ नष्ट गरिएको छ । स्थानीय पृथबहादुर शाहीको घरमा राखिएको करिब २ सय ६० लिटर कच्चा पदार्थ प्नहरीको सहयोगमा आफुहरूले नष्ट गरेको वडा अध्यक्ष खगेन्द्र बहादुर थापाले बताए ।
ईलाका प्रहरी कार्यालय चुप्राको टोली र वडाकार्यालयको संलग्नतामा उक्त मदिरा नष्ट गरिएको छ । अध्यक्ष थापाले भने “अव्यवस्थित मदिराले आर्थिक हानि मात्र गर्दैन, सामाजिक र नैतिक रुपमा पनि पतन गराउँछ, यसलाई जसरी पनि व्यवस्थित गर्छु” ।
गाउँमा अहिले खुलेआम मदिरा विक्रि तथा सेवन गर्न थालेपछि व्यापक रूपमा विभिन्न सञ्चार माध्यामबाट सचेतनामुलक जानकारी गरेपश्चात केहि कम भएको उनले दावी गरेका छन् । मदिरा सेवनले गाउँघरमा चोरी, लुटपाट, झैझगडा हुने क्रम बढेकोले गत भदौ १६ गतेदेखि सर्वदलिय निर्णय गरि जुवा तास र अवैध मदिरा रोक्ने अभियान थालिएको उनले बताए ।

प्रतिक्रिया