राष्ट्रपतिद्वारा ४ अध्यादेश जारी

राष्ट्रपतिद्वारा ४ अध्यादेश जारी

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार ४ वटा अध्यादेश जारी गर्नुभएको छ। उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० अध्यादेश–२०७५, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश–२०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश–२०७५ जारी गर्नुभएको हो।

संसद्को पहिलो बैठक शुरु भएको ६० दिनभित्र अध्यादेश पारित गरेर प्रतिस्थापन विधेयक ल्याउनुपर्छ तर त्यो सम्भावना नभएपछि सरकारले अध्यादेश जारी गरेको हो। फागुन २१ मा संसद्को पहिलो बैठक बसेको थियो।

अध्यादेशहरू पास भए पनि प्रतिस्थापन विधेयक आउन सकेन। वैशाख १९ भित्र प्रतिस्थापन विधेयक आइसक्नुपर्छ। तर, संसद्को अधिवेशन १९ गतेअघि बोलाइएको छैन। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम उहाँले मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गर्नुभएको हो।

प्रतिक्रिया