औद्योगिक लगानी वर्ष २०७५ प्रारम्भ

औद्योगिक लगानी वर्ष २०७५ प्रारम्भ

दैलेख बैशाष १५- दैलेख उद्योग वाणिज्य संघ, दैलेखले औद्योगिक लगानी वर्ष २०७५ को कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ । संघका कार्यवाहक अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
दैलेख जिल्ला औद्योगिक जिल्ला बनाउका लागि आवश्यक पर्ने पूर्वाधार, कच्चा पदार्थ, सडक संजाल, विद्युत उत्पादन सबै भएकाले यस जिल्लालाई औद्योगिक हव जिल्ला बनाउने उदेश्यका साथ औद्योगिक लगानी वर्ष २०७५ आयोजना गर्न लागिएको हो । यसै माध्यमबाट आत्मनिर्भर, समुन्नत र स्वरोजगारयुक्त जिल्ला बनाउने उद्देश्य राखिएको छ । संघले दिएको जानकारी अनुसार औद्योगिक लगानी वर्ष २०७५ को आयोजना गनुको अर्थ जिल्लाको संभाब्यता अध्ययन, सबै स्थानीय तह, प्रदेश सरकार, केन्द्रीय सरकारसंग सहकार्य, दातृ निकाय, सहकारी, गैरसरकारी क्षेत्रसंग समन्वय गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय लागानीकर्ताहरुलाई जिल्लामा आमन्त्रण गरी वृहत्त छलफल गरी ठोस लगानी मैत्री वातावरण निर्माण गर्ने रहेको    छ ।
यसका साथै बैठकले अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ । जस अनुसार दैलेख सदमूकाममा नारायण नगरपालिकासित सहकार्य गरी हाटबजार संचालन गर्ने, शव वाहान र एम्बुलेन्स तत्काल खरिद गर्ने, उद्यमी तथा ब्यापारीहरुका आधारभूत समस्याहरुको सामाधानका लागि जिल्लाका ११ वटै स्थानीय तहहरुसित सहकार्य गर्दै अघि बढ्ने निणर्यहरु गरिएको छ । जसका लागि ११ वटै स्थानीय तहमा प्रस्ताव पेश गर्ने, ९ वटै बजार शाखाहरुमा क्षमाता अभिवृद्धि तालिमहरु संचालन गर्ने आदि रहेको जानकारी महासचिव राजेश हमालले दिएका    छन् ।

प्रतिक्रिया