विद्यालयको पाठ्यपुस्तक होटलमा थन्कियो

विद्यालयको पाठ्यपुस्तक होटलमा थन्कियो

दैलेख बैशाख १५- शैक्षिक सत्र २०७५ का लागि प्रधानमन्त्री केपी शर्मा वलीले मुगुबाट विद्यार्थी भर्ना अभियानको सुरु गरे । ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क र आधारभूत शिक्षा’ यो सरकारले ल्याएको यस वर्षको शैक्षिक सत्रको नारा हो । यसै अनुरुप सांसद, सरकारी कार्यालय, विद्यालय, शिक्षक, अभिभावक देखि जिल्लाका गैरसरकारी निकायहरुले अभियानलाई तिब्रता दिए । शैक्षिक सत्र सुरु भएको दुई साता सम्म संचालन हुने अभियानलाई तिब्रता दिइएको छ ।

गत बैशाख ५ गतेका लागि पाठ्यपुस्तक वितरण गर्ने गरि मिति तोकेको थियो । विद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयमा भर्ना हुन आउने दिनमै पाठ्यपुस्तक वितरण गर्नुुपर्ने हुन्छ । तर दैलेखको गुरासँ गाउँपालिकाको एक विद्यालयका लागि लगिएको पाठ्यपुस्तक एक साता देखि गुरासे बजारमा रहेको एक होटलमा थन्किएको तथ्य बाहिरिएको छ । गुरासँ गाउँपालिका वडा नंं. १ को खड्गवाडा चेप्टीमा १ देखि ५ कक्षा सम्म संचालनमा आएको सरस्वती माध्यामिक विद्यालयको पाठ्यपुस्तक एक साता देखि होटलमा थन्किएको हो । पाठ्यपुस्तक गुराँसे बजारमा रहेको नौमुले होटलमा थन्किएको स्थानीयले बताएका छन् ।

यसबारे विद्यालयका प्रधानाध्यापक चन्द्रदत्त तिवारीसंग बुझ्दा विद्यालयमा भर्ना भएका सबै विद्यार्थीहरुले पाठ्यपुस्तक पाइसकेको जिकिर गरे । उनले विद्यालयमा थप विद्यार्थीहरु आउने सम्भावना बढेपछि थप पाठ्यपुस्तक ल्याउन ल्याइएको बताए । स्थानीयका अनुसार पाठ्यपुस्तक होटलमा थन्किएको र विद्यालयमा भर्ना भएका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् ।विदालयमा भर्ना भएका धन बहादुर रावल, सन्तोष वि.क. र संगिता खड्काले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन ।
सोहि विद्यालयको कक्षा ६ देखि १२ सम्म गुराँस गाउँपालिका वडा नं. ३ सेरी, पातिकान्लामा संचालन हुँदै आएको छ । २० बर्ष देखि सोहि ठाउँमा विद्यालय संचालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक चन्द्रदत्त तिवारीले बताए ।
गुरासँ गाउँपालिका वडा नंं. १ खड्गवाडा चेप्टीमा १ देखि ५ कक्षा सम्म संचालनमा आएको सरस्वती माध्यामिक विद्यालयमा केहि व्यक्तिहरुले कक्षा ६ पनि संचालन गर्ने भन्दै निणर्य गरेका कारण समस्या उत्पन्न भएको बताए । विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छैन्, प्रअ लाई पनि जानकारी छैन् उनले भने विद्यालयका शिक्षक रुद्ध बहादुर थापा लगाएतका केही अभिभावकले यस्तो निणर्य गरेको उनले बताए । कक्षा ६ देखि १२ सम्म संचालन भएको विद्यालयमा विद्यार्थी भर्ना गर्न १ देखि ५ कक्षा सम्म संचालन हुँदै आएको विद्यालयले विद्यार्थी नपठाएपछि यस्तो समस्या आएको वडा अध्यक्ष एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाराम खत्रीले बताए ।

प्रतिक्रिया