स्थानीय तहलाई सवल बनाऊँ ः शर्मा

स्थानीय तहलाई सवल बनाऊँ ः शर्मा

दैलेख, वैशाख १६ – नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधिसभा साँसद रबिन्द्रराज शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा निजामती कर्मचारीहरुले सघाउन आग्रह गरेका छन् । नेपाल नजिमती कर्मचारी संगठन दैलेखको चौथो जिल्ला परिषद् तथा प्रशिक्षणको उद्घाटन कार्यक्रममा उनले सो धारणा राखे ।
कर्मचारी समेतको त्याग र बलिदानीबाट प्राप्त उपलब्धीको संस्थागत विकास र स्थायित्वको निम्तिस्थानीय तहलाई सवल र सक्षम बनाउन सहयोग गर्नू निजामती कर्मचारीहरुको पनि कर्तव्य हुने शर्माले बताए । कर्मचारीका जायज मागहरुका विषयमा संसदमा कुरा उठाउने उनले बचन दिए ।
कार्यक्रममा प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले सरकारका नीति कार्यक्रमहरुलाई सफल बनाउन, सेवा प्रवाह प्रक्रियालाई अझैं सहज, पारदर्शी र जवाफदेही बनाउन आग्रह गरिन् ।
त्यसबखत प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले कर्मचारीहरुको पहिलो दायित्व सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्ने, दोश्रो कर्मचारीप्रतिको नकारात्मक धारणा मेटाउन संगठनको प्रत्यक्ष राजनीति गर्न छोड्नुपर्ने सुझाव दिए ।
नेपाल नजिमती कर्मचारी संगठन महासचिव रेवन्त गौतमले ट्रेड यूनियनलाई कमजोर गराउन सरकारले आधिकारिक टे«ड यूनियन गठन गरेको आरोप लगाए । व्यवस्था बदलिए पनि कार्यशैली नबदलिएको कारण जनस्तरसम्म परिवर्तनको अनुभूती हुन नसकेको बताए ।
महासचिव गौतमले सरकारले पहुँच नभएकाहरुलाई विभेदजन्य तरिकाले सरुवा गर्ने मापदण्ड बनाएको टिप्पणी गरे । मन्त्रीले कर्मचारीलाई सरुववा भएको ठाउमा जानै पर्ने निर्देशन गर्ने क्रममा अपमानित शब्द बोलेकोप्रति गौतमले आपत्ति जनाए ।
संगठनका लेखा आयोगका संयोजक मुकुन्द पराजुली, संगठनका कणाली प्रदेश कमिटीका सचिव देबबहादुर बुढा, पेशागत महासंघका जिल्ला अध्यक्ष जीवराज तिमिल्सेना, संगठनका जिल्ला उपाध्यक्ष पूर्णबहादुर थापा लगायतले कार्यक्रममा बोलेका थिए ।
नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष तीर्थबहादुर जीसीले २०७३ मंसिर यता संगठनको ४ लाख ७७ हजार ४ सय ४७ रुपैंयाँ आय व्यय खर्च विवरण प्रस्तूत गरेका थिए ।
त्यसबखत संगठनले सञ्चालन गरेको राष्ट्र सेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दैलेखमा स्थापनाको १० वर्षमा ४ सय ७३ सेयर सदस्यहरुले २ करोड ७९ लाख १८ हजार ५ सय १६ रुपैंयाँ कारोवार भएको अध्यक्ष खमबहादुर थापा र व्यवस्थापक भूपेन्द्र खड्काले पेश गरेका थिए ।

प्रतिक्रिया