गाउँमै पुगेर नागरिकता र अपाङ्गगता परिचयपत्र वितरण

गाउँमै पुगेर नागरिकता र अपाङ्गगता परिचयपत्र वितरण

दैलेख बैशाख १९ – जिल्ला प्रशासन कार्यालय दैलेखले ठाटीकाँध गाउँपालिकाका २ सय ६८ जनालाई नागरिकता वितरण गरेको छ । कार्यालयले घुम्ती शिविर मार्फत गाउँमै पुगेर नागरिकता वितरण गरेको हो । ठाटीकाँध गाउँपालिकाको वडा नं. ३ कोे बाँहाकोट बजारमा आयोजित दुई दिने घुम्ती शिविरमा वडा नं. १, २, ३ र ४ वडाका नागरिकहरुलाई नागरिकता वितरण गरिएको हो ।
घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिने उमेर पुगेका र छुटेका समेत गरी २ सय ६८ जनालाई नागरिकता वितरण गरेको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिनुभएको छ । दुई दिन सम्म संचालन भएको शिविरबाट १ सय ३८ जना पूरुष १ सय ३० जना महिलालाई नागरिकता वितरण गरिएको देवकोटाले जानकारी दिनुभएको छ ।
नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने उदेश्यले जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाकै विकट मानिने ठाटीकाँध गाउँपालिकाको विशालामा पुगेर घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको सहायक प्रजिअ देवकोटाले बताउनुभयो ।
संघीयता कार्यान्वयनको चरणमा जिल्लामा रहेका सबै सरकारी कार्यालयका सेवा सुविधा गाउँगाउँमा पुगेको भएपनि नागरिकता प्राप्त गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता नागरिकमा रहिरहेका कारण नागरिकको सुविधाका लागि शिविरको आयोजना गरिएको हो । शिविरमा नागरिकता लिने उमेर पुगेका र ६० बर्ष भन्दा माथीका बृद्धहरुले समेत नागरिकता लिएको बताइएको छ ।

घुम्ती शिविरमा नागरिकता वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोली ।

यस्तै महिला तथा बालबालिका कार्यालय दैलेखले पनि घुम्ती शिविर मार्फत अपाङ्गगता परिचय पत्र वितरण गरेको छ ।
कार्यालयले आयोजना गरेको शिविरमा ६८ जनाले अपाङ्गगता परिचय पत्र प्राप्त गरेका छन् । ठाटीकाँध गाउँपालिकाको वडा नं. ३ विशाला बाहाकोटमा आयोजना गरिएको शिविरमा १३ जनाले अपाङ्गगता परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका कार्यालय दैलेखकी सहायक माहिला विकास अधिकृत गिता बुढाले जानकारी दिनुभएको छ । यस्तै ठाँटीकाँधमा गरिएको शिविरमा १९ जना महिला र ३६ जना पुरुष गरि ५५ जनालाई अपाङ्गगता परिचय पत्र वितरण गरिएको सहायक माहिला विकास अधिकृत गिता बुढाले बताइन् ।

प्रतिक्रिया