युवाहरुले भने ‘स्वदेशमै बसेर आत्मनिर्भर हुन्छौ’

युवाहरुले भने ‘स्वदेशमै बसेर आत्मनिर्भर हुन्छौ’

धरमपोखरा (दैलेख) १९ बैशाख – दैलेखको गुराँस गाउँपालिकाका युवाहरुले आफुहरु स्वदेशमै बसेर काम गर्न तयार रहेको बताएका छन् । गुराँस गाउँपालिकाले आयोजना गरेको वेरोजगार युवाहरुको रोजगार तथा स्वरोजगार मेलामा सहभागि भएका युवाहरुले यस्तो बताएका हुन् । आफुहरुलाई स्वदेशमा केहि गर्न सकिदैन की भन्ने लाग्ने गरेको भन्दै मेलामा सहभागि भएपछि उत्साह जागेको बताएका छन् ।
मेलामा सहभागि भएका वडा नम्बर ७ का युवा भक्त बहादुर विसीले आफुहरु उत्साहित भएको भन्दै अब गाउँमै बसेर आत्मनिर्भर हुनका उत्साह जागेको बताए । अर्का सहभागि वडा नम्बर ८ का कर्ण बहादुर ओलीले आफु अब स्वरोजगार हुन सक्छु भन्ने आत्मविश्वास बढेको बताए । उनले मेला आयोजना गरेकोमा गाउँपालिकालाई धन्यवाद समेत दिए । अब वेरोजगार युवाहरुलाई खाडी मुलुकमा गएर दुख गर्नु नपर्ने अनुभुती भएको मेलामा सहभागि वडा नम्बर ८ की याम कुमारी खड्काले मेलाको प्रतिक्रिया दिइन् । उनले अब आफ्नै गाउँमा केहि गर्न सकिने भन्दै त्यसको लागि गाउँपालिकाले लिएको निति प्रसंशा योग्य रहेको औल्याइन् ।
अब युवाहरु स्वरोजगारमुखी काममा अग्रसर हुनुपर्छ । वडा नम्बर ६ का राम बहादुर ओलीले भने ‘मेलाले नेपालभर रोजगारीका अवसरको सृजना भएको भन्ने सन्देश प्रभाह छ ।’ स्वदेशमा कामको सृजना हुन थालेको जस्तो अनुभुति भएको वडा नम्बर ७ की पम्फा विसीले बताइन् । वडा नम्बर ८ की अमृता विसीले युवाहरु बाहिर जानुपर्ने अवस्था कम हुने विश्वास व्यक्त गरिन् ।

मेलामा सहभागि वडा नम्बर ८ का श्याम बहादुर ओली, अम्मर खड्का लगायतका युवाहरुले गाउँपालिकाले रोजगारी मेला आयोजना गरि युवाहरुलाई उत्साहित बनाएकोमा धन्यवाद दिएका छन् ।
वेरोजगार युवाहरुको स्वरोजगार मेलाको उद्घाटन समारोहमा बोल्दै गुराँस गाउँपालिकाका जनप्रतिनिधिहरुले अबको ५ बर्षभित्र गाउँपालिकामा कामको अभावमा कोहि पनि युवाहरु बस्न नपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले अहिलेको अवस्थामा यहाँका युवाहरु वैदेशिक रोजगारको लागि खाडी मुलुक जानुपरेको भन्दै अब गाउँमै काम गर्ने वातावरण सृजना गरिने बताए । उनले वेरोजगारी समस्या समाधान गर्नको लागि हरेक युवालाई स्वरोजगार बनाउनको लागि नै गाउँपालिकाले रोजगार मेला आयोजना गरेको बताए । स्वरोजगार विभिन्न उद्यमशिलताको काम गर्न युवाहरुलाई आग्रह गर्दैै ओलीले आगामी पाँच बर्षभित्र गाउँपालिकामा कुनैपनि युवा वेरोजगार बस्न नपर्ने बताएका छन् ।
कार्यक्रममा विभिन्न रोजगारदाता संघ सस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी तथा कम्पनीमा कार्यरत व्यक्तीहरुको सहभागिता रहेको थियो । मेला गुराँस गाउँपालिका वडा नम्बर ८ धरमपोखरामा गरिएको थियो ।

मेलामा वडा नम्बर ६, ७ र ८ का ६ सय ४१ जनाले फर्म भरेका छन् । फर्ममा आफु के काम गर्न सक्षम छु ? योग्यता कती हो ? वेरोजगार बस्नुको कारण के हो ? लगायतका कुराहरु समावेश गरिएको छ । मेला भोली (बिहीबार) पातिकाल्नामा आयोजना गरिएको छ, भने पर्सी (शुक्रबार) वडा नम्बर ४ घोडाबासमा आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक युवाहरुलाई स्वरोजगार बनाउन नितिगत रुपमै कृषि, पशुपालन, उद्योग लगायतका क्षेत्रमा सिप विकास गर्न युवाहरुलाई विभिन्न तालिम समेत दिन शुरु गरेको हो । मेला रोजगार सुचना केन्द्र नेपालगंजको प्राविधिक सहयोग तथा सेभ द चिल्ड्रेन र एभरेष्ट क्लवको समन्वयमा संचालन भएको हो ।

प्रतिक्रिया