जनतासंग नगर–प्रमुख

जनतासंग नगर–प्रमुख


चामुण्डा (दैलेख) बैशाख २१- चामुण्डाविन्द्रासैनी नगरपालिका–७ का रत्न विक शाररिक रुपमा अपाङ्ग छन् । रत्न शाररिक रुपमा अपाङ्ग भएको दुई वर्ष वित्यो । दुई वर्षको अवद्यीमा आफ्नो समस्या बुझ्न कोही आएनन् । विगतका जनप्रतिनिधि कहिले पनि आफ्नो समस्याको बारेमा बुझ्न नआएको रत्नले दुखेसो पोखे । पहिलो पटक आफुलाई भेटन नगर–प्रमुख आएको बताइए । जनप्रतिनिधि आफ्नै घरमा आएर आफ्नो समस्याका बारेमा बुझ्दा आफु निकै हर्षित छु, उनले भने । जीवनकै पहिलो पटक चुनाव जितेपछि जनप्रतिनिधि आफ्नो घर आगनमा आएको उनको भनाई छ । जनप्रतिनीधिहरु तल्लो तहमा आएर समस्याका बारेमा बुझ्दा सिंहदरबारको अधिकार घर दैलोमा आएको आफुलाई महशुस भएको छ ।
अहिले रत्नका ६ ओटा छोरा–छोरी छन । रत्न आर्थिक अवस्था कमजोर हुदाँ सबै छोरा छोरीहरु पढाईबाट वञ्चित भएका छन । एउटा छोरा बाहेक अन्य छोराहरु हाल जीवन निर्वाह गर्नका लागि भारतको गल्ली गल्लीमा मजदुरी गर्न बाध्य छन । कान्छो छोरा पनि आर्थिक अवस्था कमजोर हुदाँ स्कुलबाट वञ्चित भएको उनले बताए । हाल श्रीमतीलै नै घर व्यवहार चलाएकी छिन, उनले भने ।

‘मेरो नजरमा दुःखी र गरिब : नगर प्रमुख शाही ’

चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाही यतिखेर कार्यालयमा न्युन रुपमा भेटिन्छन् । अधिकांस समय जनताकै घर दैलो भेटिने गरेका छन । जनताको समस्या बुझ्न आजभोली विदाको समय पारेर नगर प्रमुख शाही घर दैलो अभियानमा जुटेका हुन् । जनताको घर दैलोको क्रममा नगर–प्रमुख शाहीले शाररिक रुपमा अपाङ्ग भएका रत्न विकलाई भेटे । नगर प्रमुख शाहीले रत्नको समस्याको बारेमा बुझे । रत्नको कुरा सुनेपछि नगर–प्रमुख शाही एक पटक स्तब्ध भए । रत्नका छोरालाई विद्यालयमा भर्ना गरी आफुले अविभावकत्व ग्रहण गर्ने प्रतिवद्धता जनाए । साथै वडा नं. ७ का वडा अध्यक्षलाई कर्णाली जनचेतना आधाभुत विद्यालयमा पालतडामा भर्नाका लागि तयारी गर्न निर्देशन दिए ।
नगरपालिकाबाट उपलब्ध गराएका सेवा जनताले पाए नपाएको वुझ्ने उद्देश्यका साथ आफु जनताको घर दैलो अभियानमा जुट्को उनले बताए । आफु निर्वाचित भईसकेपछि दुःखी र गरिबलाई पहिलो प्रथामिकता राखेर काम गरेको उनले बताए ।
मेरो नजरमा दलित र पिछाडिएको वर्ग रहेकाले सदैव दु ःखी र गरिबको हितमा काम गर्ने उनको भनाई छ । नगर–प्रमुख शाहीले नगरपालिकाको दुर्गम वडा नं. ७ बाट नै घर दैलो अभियान सुरु गरेका छन् । नगरपालिका भित्रका ९ वटै वडाका जनताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको नगर–प्रमुख शाहीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया