सुर्खेत–दैलेख सडक खण्ड- सवारी बढे, सडक बढेन तर दुर्घटना बढ्यो

सुर्खेत–दैलेख सडक खण्ड- सवारी बढे, सडक बढेन तर दुर्घटना बढ्यो

फोटो -सुर्खेत दैलेख सडक खण्ड अन्तरगत सोमवार दुर्घटनामा परेको जिप ।

दैलेख बैशाख २५- गत भदौ १९ गते सुर्खेत–दैलेख सडक खण्डको माथिल्लो डुङ्गेश्वर बजार नजिकै ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गयो । त्यसको दुई साता नबित्दै सुर्खेतबाट दैलेख तर्फ आउदै गरेको हाइस (फोर्स) दुर्घटना भयो । सोहि दुर्घटनामा परि एक बालकको ज्यान गयो भने १९ जना घाइते भए । एक बालकको ज्यान जाने र १९ जना घाइते हुने गरि भएको उक्त दुर्घटनाको एक महिना नबित्दै पुःन बस दुर्घटनामा प¥यो । बसमा सबार १ जनाको ज्यान  गयो । त्यसको एक महिना पछि फेरी हाइस (फोर्स) दुर्घटना भयो ।

उक्त दुर्घटनामा २ जनाले ज्यान गुमाए भने १३ जना घाइते भए । सुरक्षित र छोटो दुरीको सडक मानिएको सुर्खेत दैलेख सडक खण्डमा पछिल्लो ९ महिनामा लगातार दुर्घटनाहरु बढेका छन् । दैलेख सुर्खेत सडक खण्डमा एक पछि अर्को गर्दै भएका सवारी दुर्घटनाहरु रोकिएको छैन् । विगत ९ महिना यता महिनै पिच्छे दुर्घटना बढेको र दुर्घटनाको स्थान पनि एउटै भएको प्रहरीको निश्कर्ष छ ।

जिल्ला ट्राफिक कार्यालय दैलेखको तथ्यांक अनुसार सुर्खेत दैलेख सडक खण्डमा मात्रै गत भदौ देखि हाल सम्म ११ वटा दुर्घटना भएका छन् । ९ महिनामा ६ जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ । अहिलेसम्म हाइस (फोर्स) दुर्घटना धेरै हुने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 ९ महिनामा ६ जनाको मृत्यु, ५४ जना घाइते ।

लगातार पाँचवटा फोर्सहरु दुर्घटना भएका छन् । दुर्घटना भएको स्थान पनि एउटै पेरीफेरीको छ । दैलेखको गुराँस गाउँपालिकामा पर्ने तालपोखरी नजिक हुँदै सियाकोट देखि जिरोपोईन्ट सम्मको सडकखण्डमा धेरै दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले बताए । “हामी ड्राईभरको कारणले मात्र दुर्घटना भएको हो भन्छौं, तर दुर्घटनाका धेरै कारणहरु छन्, दैलेख सुर्खेत सडक खण्ड निकै साँगुरो छ, अहिले दुर्घटना भएका स्थानहरुमा सडकको लेवल मिलेको छैन्, घुमाउरो सडक धेरै छ तर सडक अनुसारको मोड पुग्दैन, सवारी चालकहरुले तिब्र गतिमा सवारी साधन दौडाउने प्रचलन छ, यस्ता सवै कारणहरुले सडक दुर्घटना बढ्दै गएको छ ।” प्रहरी प्रमुख पौडेल भने । अहिले धेरै दुर्घटना भएका स्थानहरुमा सडक सुरक्षा व्यारियरको आवश्यकता रहेको प्रहरी प्रमुख पौडेलको भनाई छ ।
दैलेख सुर्खेत सडक खण्ठमा पर्ने सियाकोट सडक खण्डमा दैनिक २ सय बढी सवारी साधानहरु आवतजावत गर्ने गरेका छन् । सुर्खेत दैलेख सडक खण्डमा दुरी कम पर्ने भएकोले कर्णाली राजमार्ग हुँदै जुम्ला जाने सवैजसो यातायातका साधनहरु कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट दैलेखको सियाकोट, जिरोपोईन्ट हुँदै जुम्ला जाने गरेका छन् ।

अत्याधिक सवारी चाप बढेका छन्, गति तीव्र छ सडक साँगुरो छ । यस्तो अवस्थामा सवारी चालकहरुले समेत ध्यान दिन नसकेर समस्या भएको स्थानीय हेमा खड्काको भनाई छ । सडक दुर्घटना रोक्न सडक चौडा बनाउनु र मोड मिलाउनु आवश्यकता रहेको स्थानीय अर्जुन शाहीले बताए । साँघुरो सडक, क्षमता भन्दा बढी यात्रु र लोड, पुराना गाडी अनि अनियन्त्रित गति त्यसमाथि सडकको बेहालका कारण सवारी दुर्घटना बढेको यात्रुहरु बताउछन् ।

प्रतिक्रिया