प्रधानमन्त्रीलाई कर्णाली प्रदेशको ज्ञापन

प्रधानमन्त्रीलाई कर्णाली प्रदेशको ज्ञापन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भीर रहेको बताउनुभएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिको तर्फबाट आज बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाही संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालालगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिँचाइ, ऊर्जा तथा विद्युतीकरण, सञ्चार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषिलगायतका विषयमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ। प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथाशक्य बजेट विनियोजन गर्ने आश्वासन दिनुभएको छ।

प्रतिक्रिया