“प्रेम र किशाेर किशाेरी”

“प्रेम र किशाेर किशाेरी”

२० बर्ष मुनि कस्मेटिक प्रेममा फस्नु किशाेर किशोरीहरुकाे बर्बादिकाे सुरुवात हाे,जे बन्नेवाला वा गर्नेवाला छ त्यसको अाधार तय गर्ने उमेर १०-१९ बर्ष।यतिबेला कस्मेटिक प्रेममा फस्ने युवाहरुकाे बहुत महत्त्वपूर्ण समय बर्बाद हुन्छ।सम्पुर्ण दिमाग सिर्जनात्मक काममा लगाउनु पर्नेमा प्रेममा फस्नु भनेकाे पुर्ण रुपमा अाफुलाइ धाेका त हाे हाे सम्बन्धित सबैलाई धाेका हाे । प्रगति गर्ने र गर्नचहानेहरु याे उमेरमा किताब,ज्ञान र सिर्जनसिलतालाई लभ गर्छन।

जिवनकाे अाधार तयगर्ने याे बेलामा प्रेमकाे यात्रामा फस्नेहरु सन्तुलन समेत गुमाउछन।कसैलाइ अाइलभयु भन्नु, जवाफ अाई लभ यु खाेज्नु,एउटा अाइलभयु दिएर बदलामा कसैको मन पाइने भए संसारका अधिकांश मान्छे अाइलभयु मैे बाच्थे होलान्। अनि सुरु गर्थे होलान् सबै मान्छेले आफ्नो पेशा छाडेर, खेती अाइलभयु काे।कसैको मन जित्नु ‘क्यान्डी क्रश’ जित्नु जस्तो थोरै हो र? प्रेमकाे पाठ्यक्रम हुदैन।याे नपाउन्जेलको छट्पटी मात्र हो, पाएपछि टेन्सनको खेती। सबैकाे अनुभव त्यै त हो ! अनुभव नगरुन्जेल के-के न हो, अनुभव गरिसकेपछि यस्तै त हो।’ त्यसकारण युवाका लागि लभ टाेटल्ली टाईम पास मात्रै हाेईन टाईम किलरै हाे। जाेशमा हाेश गुमे अवसर भाग्छ कहिल्यै अाउदैन अनि टेन्सनफुल लाइफ सुरु हुन्छ।
युवाहरु,याेजना बिनाकाे प्रेम कमर्सियल हाे प्राय बेराेजगार युवाकाे गोजी रित्तो हुन्छ अाई लभ यु काे रेट फिक्स हुन्छ नो बार्गेनिङ्ग अफर, फिक्स रेट अझ ट्याक्स समेत लाग्ने ! तिर्न सक्ने जितेर आफ्नो बनाउँछन्। नसक्नेहरू देवदास बनेर बोतल रित्याउँछन्। कि त हुन्छन् पागल।भावुकता कसलाई मन पर्छ? मन कहाँ हुन्छ, कसैलाई थाहा छैन, चर्चा जति भए पनि।
युवाहरु,अाज प्रेम एउटा कारोबार बनेको छ। घाटा नाफा हेरेर गरिने एउटा व्यवसाय बनेको छ। त्यसैले कस्मेटिक प्रेम पंखाको हावाको शीतल जस्तै हो जाे बत्ति नहुदा चल्दैन ।अाेर्गानिक प्रेम, जँगलको सोझो प्राकृतिक हावा जस्ताे हाे जस्लाई बत्ती चाहिदैन। अाजका किशार किशोरीले नयाँ दृष्टिकोण, शैली नयाँ तरिकाले साेच्नु जरुरी छ । कस्मेटिक प्रेममा विश्वास नगर्नुहाेस। प्रेमको वास्तविक मजा त्यतिबेला हुन्छ जब बुद्धि र बिबेक बढाएर गरिएकाे प्रेम, ईज्जत् र प्रतिष्ठा बढाएर सुरु गरिएको स्वाधिन प्रेम।प्रेमको असली मज्जा त्यतिबेला नै हुन्छ जुनबेला तपाईं परनिर्भर हाेईन अात्मनिर्भर हुनुहुन्छ । त्यसकारण बैधानिक रुपमा बर्जित, सामाजिक रुपमा अयोग्य, शारीरिक रुपमा अपरिपक्क मानसिक रुपमा असन्तुलित, अार्थिक रुपमा संकटपुर्ण, किशाेरावस्थाकाे प्रेम कुनै हालतमा अाेर्गानिक प्रेम हाेईन याे अाशक्ति र जीवन बिगार्ने जहर हाे।
१) कम्तिमा २० बर्ष कटाएर गरेकाे
२) राेजगारी ब्यबस्थापन भएकाे
३) युवा जाेस र जागरलाई सृजनसिल काम र पढाइमा प्रयाेग गरिएको
४) करिव स्थापित भैसकेकाे
५) भावना भन्दा यथार्थलाई अात्मसात गरेकाे, जीवन बुझेकाे सबैलाई स्वीकार्य,अबस्थामा प्रेम गर्नु राम्रो हाे ।

वलविर सुनारकाे फेसवुक पेजवाट

 

प्रतिक्रिया