गुराँस गाउँपालिकामा बैंकिङ कारोबार शुरु

गुराँस गाउँपालिकामा बैंकिङ कारोबार शुरु

घोडाबास, ३१ बैशाख – दैलेखको गुराँस गाउँपालिकामा बैंकिङ कारोबार शुरु भएको छ । लामो प्रतिक्षापछि स्थानिय तहबाटै प्रभु विकास बैंकले बैंकिङ कारोबार शुरु भएको हो । स्थानिय तहबाटै बैंकिङ कारोबार हुने भएपछि यहाँका स्थानिय खुशी भएका छन् । नेपाल राष्ट्र बैंकले जिल्लाका दुईवटा स्थानिय तहमा बैंकिङ कारोबार गर्न अनुमती दिएपछि प्रभु विकास बैंकले जिल्लाका भगमतीमाई र गुराँस गाउँपालिकामा बैंकिङ कारोबार गर्न शुरु गरेको हो ।
एक समारोहका बिच आइतबार गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बैंकको उद्घाटन गर्दै बैंकिङ कारोबार शुरु भएपछि जनतालाई स्थानिय सरकारको अनुभुती भएको बताए ।
उनले यहाँका नागरिकहरुलाई बैंकिङ कारोबार गर्न जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या हटेको भन्दै बैंकले उद्यम गर्न चाहानेलाई लोनको व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया