हावाहुरीका कारण विद्यालय भवनमा क्षती

हावाहुरीका कारण विद्यालय भवनमा क्षती

गुरासँ गाउँपालिका, दैलेख– गयराती आएको हावाहुरीका कारण दैलेख गुराँस गाउँपालिका वडा नम्बर ३ को एक विद्यालयमा क्षती पुगेको छ ।
वडा नम्बर ३ अन्तरगत पुनाकोटमा रहेको गणेश बाल आधाभुत विद्यालयको ४ कोठे भवनको जस्ता पाता उडाएको हो ।
विद्यालय श्रोत अनुसार भवनको जस्ता पातासहित भवनमा क्षती पुगेको छ । भवन क्षती हुदा विद्यार्थीहरुको पठनपाठनमा समेत समस्या भएको विद्यालयकाले जनाएको छ ।
विद्यालयका अविभावक शेर बहादुर शाहीले दिएको जानकारी अनुसार भवनमा विद्यार्थी भवनमा बस्न सक्ने अवस्था समेत छैन् ।

प्रतिक्रिया