म्याद सकिएका खाद्य सामग्रीको विगविगी

म्याद सकिएका खाद्य सामग्रीको विगविगी

जेठ १ सल्यान – जिल्लाकाे सल्लीवजारमा वजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा बन्गाड कुपिण्डे नगरपालीकाको संयुक्त आयोजनामा बजारका खाद्य किराना, डिलर थोक पसल, होटल, सुनचाँदी पसल, कपडा पसल औषधी पसलहरुमा चेक जाँच गरिएको छ ।
चेकजाँचका क्रममा मदिरा जन्य पदार्थ, म्याद नाघेका खाद्य खाद्य सामग्रीहरु फेला परेको छ । वजार अनुगमनका क्रममा सडक किनारमा पसल थापेका फुटफाट समानहरु तत्काल हटाई सडक फाराकिलो बनाउन सहयोग गर्न नगर प्रमुख गोविन्द कुमार पुनले आग्रह गरेका छन् ।
साथै दर्ता नभएका सम्पुर्ण पसलहरु नगरपालिकामा गराउन समेत जनाएको छ । सल्लीवजारमा थुप्रै मात्रामा म्याद नाघेका खाद्य तथा चिसो पदार्थ फेला परेको छ । म्याद नाघेका सामान नष्ट गरिएको छ ।

वजार अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय सल्लीवजारका ईन्चार्ज चन्द्र कठायतको नेतृत्वको टोलिमा वडा अध्यक्ष शान्त कुमार यरी र पत्रकार लगाएतको उपस्थिती रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी र बन्गाड कुपिण्डेको नगर शिक्षा समितीको सोहि टोलिले बन्गाड क्याम्पस बन्गाडमा सञ्चालित कक्षा ११ को परिक्षा समेत अनुगमन गरेको थियो ।

प्रतिक्रिया