मकालुको बेपत्ता विमान बाजुरामा भेटियो

मकालुको बेपत्ता विमान बाजुरामा भेटियो

 


२ जेठ, काठमाडौं । मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् ।  विमानमा कार्गो सामान र चालक दलका दुई सदस्य मात्रै थिए । ‘सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले  भने, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’

सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो । अनलाइनखबर

प्रतिक्रिया