दुर्घटना रोक्न पहल गर्ने प्रतिबद्धता

दुर्घटना रोक्न पहल गर्ने प्रतिबद्धता

सुर्खेत जेठ २- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्वन्धित निकायहरुसंग आवश्यक समन्वय गरी दुर्घटना न्युनिकरणको पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधवार सुर्खेतबाट हुम्ला जाँदै गर्दा मकालु एअरको विमान दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दैै मुख्यमन्त्री शाहीले यस्तो प्रतिबद्धता जनाएका हुन् । विमान दुर्घटनामा परि ज्यान गुमाएका चालक किरण भट्टराई र सह–चालक आदित्य नेपाली प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्केतिर हवाई दुर्घटनाहरु बढ्दै गएको प्रति गम्भीर चिन्ता गरेको मुख्यमन्त्री शाहीको सचिवालयले जारी गरेको शोक सन्देशमा उल्लेख छ ।

 

प्रतिक्रिया