दुल्लुमा अटो रिक्साको भाडा निर्धारण

दुल्लुमा अटो रिक्साको भाडा निर्धारण

दैलेख (दुल्लु ) जेठ ३
दुल्लू नगरपालिकाभित्र सञ्चालनमा आएका अटो रिक्साको भाडा निर्धारण गरिएको छ । अटो रिक्सा चालकसँग दुल्लू नगरपालिकाको आयोजना गरिएको छलफलबाट भाडा निर्धारण गरिएको हो । अटो चालकले मनोमानी भाडा उठाउने गरेको पाइएकोले एक किलोमिटरको १० रूपैयाँका दरले भाडा निर्धारण गरिएको छ । अटो सञ्चालन अव्यवस्थित भएपछि उक्त कार्यलाई थप व्यवस्थित गर्नको लागि दुर्घटनालाई न्यूनिकरण गर्नका लागि छलफल गरिएको दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए ।

त्यस्तै अटो चालकको अनिवार्यरूपमा लाइफ इन्स्यारेन्स गर्नुपर्ने सहमति भएको नगर प्रमुख भण्डारीले जानकारी दिए ।

कार्यक्रममा, दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारी, इलाका प्रसाशन कार्यलयक प्रमुख गंगाराम गिरी, प्रमुख प्रसासकिय अधिकृत देबराज शर्मा वार्ड न ४, ५ र ७ का वडाअध्यक्ष क्रमशः भरत प्रसाद उपाध्याय, प्रेम बहादुर थापा, लाल बहादुर रावत लगायतको सहभागीता मा १८ वटा अटोरिक्सा चालकको सहभगितामा रहेको थियो ।

प्रतिक्रिया