पादुका मन्दिरलाई आर्थिक सहयोग

पादुका मन्दिरलाई आर्थिक सहयोग

दैलेख (चामुण्डा) – दैलेखको चामुण्डाविन्द्रासैनी र दुल्लुको सीमाना पर्ने पादुकामा छरिएर रहेका ऐतिहासिक ढुङ्गको संरक्षण र इतिहास लेखनका लागि एक व्यक्तिले १ लाख सहयोग गरेका छन ।

अर्धखाँची सिद्धधारा सितगंगा नगरपालिका वडा नं.९ नारायण वेलवासे ऐतिहासिक ढुङ्गको संरक्षण र इतिहास लेखनका सो रकम सहयोग गरेका हुन । वेलवासेले नगरपालिकोका खातामा जाने गरी चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।


नगर प्रमुख शाहीले चेक हस्तान्तरण गर्दै पहिलो पटक नै व्यक्तिगत तर्फबाट आर्थिक सहयोग बताए । व्यक्तिगत तर्फबाट चेक हस्तान्तरण गर्दा आफु निकै हर्षित भएको बताउँदै आगामी दिनमा स्थानीय सरकारले पनि बजेट छुट्याउन तर्फ उत्प्रेरित बनाएको उनको भनाई छ । अबको केही दिनमै पादुका मन्दिर क्षेत्र भित्र छरिएर रहेका ऐतिहासिक ढुङ्गको संरक्षण र इतिहास लेखनका लागि कोष स्थापना गरी प्राप्त भएको रकमलाई सोही स्थानमा खर्च गर्ने प्रतिवद्धता जनाए । आगामी दुल्लु नगरपालिकासंग सहकार्य गरी मन्दिरको विकासका लागि काम गर्ने नगर प्रमुख शाहीले प्रतिवद्धता जनाउदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

मन्दिरको अवलोकन गर्ने क्रममा ऐतिहासिक ढुङ्गा छरिएर देख्दा त्यसको संरक्षणका लागि आफु सहयोग गरेको बेलवासेले बताए । कुनैपनि व्यक्तिगत स्वार्थका लागि मैले सहयोग गरेको होइन, उनले भने, खोलाको किनारा रहेका ढुङ्गाहरु एउटै स्थान राखी संरक्षण र इतिहाँस लेखनका लागि सहयोग गरेको हुँ । एउटै स्थानमा राख्दा अनुसन्धान गर्नेका लागि पनि सहज हुने वेलवासेले बताए ।

 

प्रतिक्रिया