कि कर्मचारी पठाउ, कि नियुक्ती गर्ने बाटो देउ !

कि कर्मचारी पठाउ, कि नियुक्ती गर्ने बाटो देउ !

दैलेख– जिल्लाको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले एक महिनाभित्र कर्मचारी नपठाए आफै कर्मचारी नियुक्त गर्ने चेतावनी दिएका छन् ।
गुराँस गाउँपालिका भित्रका वडाहरुमा कर्मचारीहरुको अपुग हँुदा सेवा दिन समस्या उत्पन्न भएको बताउदै अध्यक्ष ओलीले एक महिनाको अल्टिमेटम दिएका हुन् ।
स्थानिय तह अस्तित्वमा आएको एक बर्ष हुँदा पनि कर्मचारी पठाउन नसक्नुको कारण के हो ? भन्दै उनले केन्द्र र प्रदेश सरकारलाई प्रश्न समेत गरेका छन् ।
कर्मचारी नहुँदा काम गर्न र जनतालाई स्थानिय सरकारको आभाष नभएको भन्दै कि कर्मचारी पठाउ कि नियुक्ती गर्ने बाटो देउ, उनले भने ।
गुराँस गाउँपालिकाको कार्यालय सहित केहि वडामा कर्मचारी अभावका कारण सेवा दिन असहज भएको उनको भनाई छ । उनले एउटै वडा सचिवले ४ वडा वडासम्म काम गर्नुपरेको भन्दै संघ र प्रदेश सरकारले कर्मचारी पठाउन ढिला गर्न नहुने बताए ।
यदी कर्मचारी पठाउन ढिलाई भए जनतालाई सेवा दिन सक्षम व्यक्ती आफै राख्ने बताए । गाउँपालिकाभर १ सय ७ जना कर्मचारी रहेको र त्यतीकै हाराहारीमा कर्मचारी आवश्यक रहेको गाउँपालिका श्रोतले जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर थापाले कर्मचारी अभावका कारण काम गर्न समस्या भएको बताए ।

प्रतिक्रिया