कर्णाली किनारका महिलाहरुले भने ‘तरकारी खेती गर्छौ, सिचाई चाहियो’

कर्णाली किनारका महिलाहरुले भने ‘तरकारी खेती गर्छौ, सिचाई चाहियो’

फोटो – अछाम पंचदेवल विनायक नगरपालिका वडा नं. ४ कुज्जेडा बस्तीका महिलाहरु ।

दैलेख, जेठ ७- दैलेखको आठवीस नगरपालिकाको नजिकै रहेको पदेश नं. ७ को अछाम जिल्लाको पंचदेवल विनायक नगरपालिका वडा नं. ४ कुज्जेडा बस्ती । उक्त बस्तीको नजिकै कर्णाली नदि बगेको छ । सोहि ठाउँकी हरिकलादेवी माझी १० बर्ष देखि तरकारी खेती गर्दै आएकी छिन् । स्थानीय हरियाली कृषक समुहकी अध्यक्ष समेत रहेकी माझीले सिचाई सूविधा नभएपनि तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएकी छिन् । खानेपानी र सिचाईको अभाव भएपनि तरकारी खेती गर्दै आएकी हरिकला उक्त बस्तीमा उनि नमुना कृषकको रुपमा परिचित छन् ।
मासिक १० हजारका दरले प्याज, ३५ हजारको आलु, २० हजारको टमाटर लगाएतका कृषि बस्तु वित्री गरेर उनले बार्षिक १ लाख आम्दानी गर्ने गरेको    बताइन् । प्रयाप्त सिचाईको सुविधा भएमा तरकारी खेतीलाई व्यवसायीक रुपमा अगाडी बनाउने उनको भनाई छ ।
बस्तीको ५ सय मिटरको दुरीमा कर्णाली नदि बगेको भएपनि हाम्रो बस्तीमा सिचाईको सुविधा छैन्, खानेपानीको समस्या त झनै जटिल छ । उनले भनिन् । कर्णाली नदिको पानी लिफ्टिङ्ग प्रविधी बाट बस्ती सम्म ल्याइदिन उनले माग गरिन् ।
सोहि ठाउँका स्थानीय ५० घरधुरीका महिलाहरु पनि तरकारी खेती गर्ने योजनामा छन् । उनिहरु सिचाईको सूविधा नभएका कारण तरकारी खेती गर्नका लागि समस्या भएको छ । सिचाई भएमा तरकारी खेती र तरकारी खेती मार्फत जिवीकोपार्जन गर्ने स्थानीय महिलाहरुले बताए ।
स्थानीय महिलाहरुले खानेपानी संगै तरकारी खेतीका लागि सिचाईको माग गरेका छन् । आर्थीक अवस्था सुधारका लागि तरकारी खेती गर्ने योजना हुँदा हुँदै पनि सिचाईको असुविधाका कारण तरकारी खेती संचालन गर्न नपाएको स्थानीय महिला कल्पना साँवदले बताइन् ।
तरकारी खेतीका लागि उर्वर भूमी हुँदा हुँदै पनि खेती गर्न नसकेकको उनको भनाई छ । सिचाई सूविधा भएमा तरकारी खेती मार्फत महिलाहरु आफै स्वरोजगार बन्न सक्छन् भन्ने उदाहरण सबैलाई दिने योजना रहेका उनले सुनाइन् ।
स्थानीय लक्ष्मी माझीले बस्तीमा अझै पनि महिला हिंसा छाउपडि, बाल विवाह लगाएतको कुप्रर्थाहरु कायमै रहेको भन्दै त्यसको अन्त्यको लागि अभियान संचालन गरिदिन माग गरेकी छिन् ।
स्थानीय महिलाहरुको समस्याहरुबारे छलफल गर्न पुगेका इआएन लक्जम्बर्गका नेपाल संयोजक रमेश त्वोयानाले स्थानीय महिलाहरुको मागलाई सम्बोधन गर्न आफुहरु तयार रहेको बताए । अबको केहि बर्षभित्र कुज्जेडा बस्तीमा बाल विवाह मुक्त, छाउपडि मुक्त र महिला हिंसा मुक्त बस्ती बनाउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् । उनले स्थानीय महिलाहरुको माग र आवश्यकताका आधारमा तरकारी खेतीका लागि सिचाई सूविधा पुर्याउन पहल गर्ने उनले बताए ।
स्थानीय महिलाहरुको समस्याहरुबारे छलफल गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको संस्थापक अध्यक्ष हीरासिंह थापा, मानवीय आस्था नेपाल भक्तपुरका गंगाराम धुख्वा, निलम सुवाल, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बाल अधिकार अनुगमन अधिकृत प्रभा कुमार विश्वकर्मा लगाएतको टोली अछाम पंचदेवल विनायक नगरपालिका वडा नं. ४ कुज्जेडा बस्ती पुगेका थिए ।

 

प्रतिक्रिया