सकियो शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

सकियो शुक्लाफाँटा–नालापानी–खप्तड यात्रा

जेठ ९ २०७५

सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक गन्तव्यहरुलाई एकसाथ समेटेर सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले पर्यटन प्याकेज सार्वजनिक गर्ने भएको छ । सुदूरपश्चिम र भारतको उत्तराखण्ड अन्तर्गत पर्ने विभिन्न गन्तव्यहरुलाई समेटेर बढीभन्दा बढी पर्यटक सुदूरपश्चिम भि¥याउने उदेश्य सहित सोट्टोले प्याकेज उद्घोष गरेको छ ।
गत वैशाख ३० गते देखि बुधवार सम्म सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यम बहादुर खड्का नेतृत्वमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकारलगायत दर्जनबढीले स्थलगत अध्ययन भ्रमण र अवलोकन पछि उक्त घोषणा गरिएको हो ।
सुन्दर सुदूरपश्चिमको प्रबद्र्धनात्मक अभियान अन्तर्गत उक्त समूहले कञ्चनपुरमा रहेका शुक्लाफाँटा, लिङ्गा, बेदकोट ताल सहितको अवलोकन र अन्तक्रिया गरेर यात्रा शुरुवात गरेको थियो । प्रवद्र्धनात्मक समूहले भारतबाट धेरैभन्दा धेरै पर्यटक शुक्लाफाँटा ल्याउने उदेश्य सहित हरिद्धार, नालापानी, देहरादुन, मसुरी, र ऋषिकेश, नैनितालको स्थलगत अध्ययन अवलोकन सहित ती स्थानमा अन्तक्रिया गर्दै शुक्लाफाँटा सहित सुदूरपश्चिम र नेपालका विभिन्न स्थानमा पुग्नुपर्ने विषयमाथि प्रकाश पार्दै आफ्नो यात्रा अगाडि बढाएको थियो ।
प्रतिनिधिमण्डलले भारतको देहरादुनमा रहेको प्रेस क्लब सहित उत्तराखण्डका पर्यटन, बाढी नियन्त्रण, सँस्कृति र सिँचाईमन्त्री सत्पालजी महाराजसँग अन्तक्रिया गरेर भारतीय पर्यटक नेपाल घुम्नैपर्ने कारणबारे प्रष्ट पारेको थियो । त्यहाँका पर्यटन मन्त्री सत्पालजीले पर्यटनका विषयमा चासो व्यक्त गर्दै आफूले नेपाल र भारतका पर्यटकहरुलाई एक आपसमा जोड्ने कार्यमा सहयोग गर्ने बताएका थिए । ऐतिहाँसिक स्थल वीर बलभद्र कुँबरको वीरताको किल्ला नालापानी र डडेल्धुराको अमरगढीलाई एकसाथ जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने विषयमा पनि त्यहाँ गहन भएको थियो ।
त्यस लगत्तै नेपाल फर्केको उक्त समूहले प्रदेश सातका सभामुख अर्जुन थापाले नेपालको झण्डा दिएर सुदूरपश्चिमको पर्यटन प्रबद्र्धनात्मक कार्यको शुरुवात गराएका थिए । समूहले गोदावरीधाम, डडेल्धुराको अमरगढी, उग्रतारा लगायतको अवलोकनपछि अमरगढीमा अन्तक्रिया गरेर त्यहाँको पर्यटन विकासमा स्थानीयले खेल्नुपर्ने भूमिका बारे जानकारी गराएको थियो ।
खप्तडको पाटन मनोरम घाँसेमैदानहरु, त्यहाँको जैविक विविधता, शान्त स्थान, भर्जिन गन्तव्यमा पुगेपछि जो कोहिले पनि खप्तड आउनैपर्ने रहेछ भन्ने निष्कर्षसहित त्यसपछि उक्त समूह अछामका पर्यटकीय गन्तव्यको उजागर गर्ने उदेश्य सहित अछामको साँफेबगर पुगेर त्यहाँको पर्यटकीय सम्पदाको प्रबद्र्धनात्मक कार्यसँगै अन्तक्रिया गरेको थियो ।
त्यससँगै समूहले डोडीको शैलेश्वरी मन्दिरको अवलोकनसहित धनगढी फर्किएर प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यमा सुदूरपश्चिमका पर्यटकीय सम्पदाबारे प्रदेश ७ ले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्दै कार्यक्रमको समापन गरेको थियो ।


समापन कार्यक्रममा समूहले सुदूरपश्चिम पर्यटकका लागि भर्जिन गन्तव्य भएपनि पर्यटकीय पूर्वाधार विकास नभएसम्म त्यहाँ पर्यटक पु¥याउन नसकिने निष्कर्ष सहित पर्यटकलाई सहजरुपमा त्यहाँका गन्तव्यमा पु¥याउन सकिने व्यवस्था गराउन मुख्यमन्त्री भट्टसहित सामाजिक विकास मन्त्री दिर्घ सोडारी, प्रदेश सातका पर्यटन मन्त्री माया भट्ट, सांसद पुर्णा जोशी, सुदूरपश्चिमका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, पर्यटन व्यवसायी, उद्योगीहरुको ध्यानाकर्षण गराएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री भट्टले पर्यटन पूर्वाधार विकास गरेर सुदूरपश्चिमको पर्यटनलाई जुरुक्कै माथि उठाउन आफूले योजनाबद्ध कार्य अगाडि बढाउने बताएका थिए । लामो समयदेखि नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउनुपर्छ भनेर राजनीतिक अभियानमा रहेका नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले हामी माल पाएर चाल नपाउने नेपाली भएको भन्दै भारतबाट बढीभन्दा बढी पर्यटक सुदूरपश्चिम भित्¥याएर त्यहाँ समृद्धि ल्याउन सकिने बताए ।

उनले व्याँग्यात्मक शैलीमा बाँदर लड्ने भिरमा पर्यटक हिड्दैनन् भन्दै पदमार्ग, हवाइमार्ग लगायतले त्यहाँका गन्तव्यमा पर्यटकलाई सहज पमा पु¥याउने र पर्यटकलाई दिईने खानपान, बसोबास लगायत सुरक्षाका विषयमा ध्यान दिन उनले प्रदेश ७ का मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई सुझाए । त्यस्तै व्यवसायीको आँखा सुदूरपश्चिमका गन्तव्यमा परिसकेको भन्दै थापाले भर्जिन पर्यटकीय गन्तव्यको विकासमा सरकार र निजीक्षेत्र लगायत सरोकार पक्षले एकसाथ कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी मन्त्रीहरु, सांसद, पर्यटन व्यवसायी लगायतले सुदूरपश्चिमको समृद्धिका लागि पर्यटनलाई जुरुक्कै उठाउने विषयमा आफूहरु प्रतिबद्ध रहेको बताएका थिए । सोट्टो नेपालले अब त्यहाँका गन्तव्यमा पर्यटक पु¥याउन पर्यटन प्याकेज तयार गर्ने प्रतिबद्धता जनाउँदै सबैभन्दा पहिले त्यहाँको पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया