मालिका माविमा अकस्मात छात्राहरु बेहोस हुन थालेपछि..

मालिका माविमा अकस्मात छात्राहरु बेहोस हुन थालेपछि..

दैलेख– १३ जेठ
दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ मा रहेको मालिका माद्यामिक विद्यालयमा २ दिन यतादेखि छात्राहरुमा अच्चमको समस्या देखा परेको छ ।
छात्राहरु रुने, चिच्चाउने टाउको दुख्ने अनि बेहोस भएर ढल्ने गरेका हुन् । यस्तो समस्या देखा परेपछि त्यहाका स्थानिय अच्चमित परेका छन् । यस्तो समस्या छात्राहरुमा मात्र देखा परेको छ ।
विद्यालयका प्रधानध्यापक भक्त बहादुर बस्नेतका अनुसार यस्तो समस्या अहिले सम्म देखेका देखा परेको थिएन । घरबाट सन्चै आएका विद्यार्थीहरु विद्यालय आइसकेपछि रुने चिच्चाउने, काँप्ने र बेहोस भएर ढल्ने गरेका छन् ।’ प्रधानाध्यापक बस्नेतले भने ‘शुक्रबारदेखि यस्तो समस्या देखा प¥यो ।” शुक्रबार दुईजनामा भएको समस्या आज आइतबार ५ जनामा देखा परेको उनले बताए ।
विद्यार्थीहरुमा यस्तो समस्या देखिन थालेपछि अभिभावकको सहयोगमा गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यर्की बोलाइएको बस्नेतले बताए । कक्षा ८, ९ र १० का छात्राहरुमा यो समस्या देखिएको उनले बताए ।
बिरामी पर्ने छात्राहरुमा देविसरा ओली, देविसरा डाँगी, प्रमीला ओली हरीकला खड्का र यमुना सुनार रहेको बताइएको छ ।
बिरामी परेका छात्राहरुको उपचारमा गएका धरमपोखरा स्वास्थ्य चौकीका अ.हे.व सुर्य बहादुर थापाले अहिले गर्मी अत्याधिक बढेका कारण यो समस्या देखा परेको हुन सक्ने बताए ।
उनले विरामी परेका छात्राहरु १५ बर्षदेखि माथीका रहेको र कहिलेकाँही महिनावारी गडबड भएपनि यस्तो समस्या देखा पर्न सक्ने बताए । तर उनले अहिले उपचारको लागि आफुहरुसँग केहि साधन नभएको भन्दै उपचार गर्न कठिनाई भएको बताए । छात्राहरुमा देखिएको यो समस्या छिट्टै समाधान गर्न विद्यालय प्रशासनले सम्बन्धीत निकायको ध्यानाकर्षण समेत बनाएको छ । गुरासँ गाउँपालिकाको विभिन्न विद्यालयहरुमा यस अघि पनि यस्तो समस्या देखिदै आएको थियो ।

प्रतिक्रिया