तोकिएको समय अगावै काम सकाउने निर्माण कम्पनी पुरस्कृत

तोकिएको समय अगावै काम सकाउने निर्माण कम्पनी पुरस्कृत

दैलेख — निर्धारित समय अगावै काम सकाएको भन्दै एक निर्माण कम्पनीलाई पुरस्कृत गरिएको छ । कट्टीखोला मोटरेबल पुल निर्माण गरिसक्नुपर्ने समयभन्दा दुई महिनाअघि सकाएको र गुणस्तरीय काम गरेको भन्दै सपना निर्माण सेवा (हेटौंडा) लाई बोनस सहित पुरस्कृत गरिएको हो ।

जिल्ला प्राविधिक कार्यालयले बोनस बापत ५ लाख ५ सय ३७ रुपैयाँ पुरस्कार सपना निर्माण सेवाका दैलेख प्रतिनिधि रुपक थापालाई प्रदान गरेको छ । थापाले स्थानीय स्तरमा काम गर्ने वातावरण भएमा समयमै निर्माण सकिने बताए ।
उक्त पुल ३ करोड ४३ लाख २५ हजार २ सय ५३ रुपैयाँको कूल लागतमा निर्माण गरिएको हो । कट्टीखोलाको पुल निर्माण सकिए पनि जिल्लाका राकम कर्णालीअन्तर्गतका १० वटा पुल भने अलपत्र अवस्थामा छन् । इमान्दार निर्माण व्यवसायी पहिचान नगरी ठेक्का दिँदा काम अलपत्र परेका स्थानीयको भनाइ छ ।

प्रतिक्रिया