तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता हुने

तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता हुने

बाँके  जेठ १४ : बाँकेमा तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। जेठ २१ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरि आठ टिमले सहभागिता रहने छ।  नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। उनले नेपालका ए डिभिजनका फुटबल टिमले समेत प्रतिस्पर्धा गर्ने बताए।

आयोजकका अनुसार, आयोजकको तर्फबाट नेपालगन्ज–११, रुपन्देही–११, एपिएफ क्लव, सुदूरपश्चिम–११, संकटा क्लव, च्यासल फुटबल क्लव, त्रिभुवन आर्मी क्लव र भारतको पञ्जाव क्लवले सहभागिता जनाउने भएका छन्। ‘अहिलेसम्म आठ वटा टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको छ,’ अध्यक्ष शाहीले भने। प्रतियोगिता खजुरा गाउँपालिका–३, डिगाउँ स्थित खेलमैदानमा हुने भएको छ ।

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्ज रंगशाला पुनर्निर्माणको काम भइरहेकोले खजुरामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । ‘रङ्गशालाको विकल्प खोज्ने क्रममा खजुरास्थित डिगाउँको खेलमैदान सवैभन्दा उपयुक्त देखियो,’ उनले भने। प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख नगद, ट्रफी र मेडल पाउने छ । भने दोस्रो हुने टिमले दुईलाख ५० हजार र म्यान अफ द म्याच हुने खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ।

विगत दुई बर्ष अघिदेखि संचालन भएको नेपालगन्ज गोल्ड कप प्रतियोगिता अन्तरगत पहिलो वर्षको उपाधी सुदूरपश्चिम–११ र दोस्रो वर्षको उपाधी रुपन्देही–११ ले जितेको थियो।

प्रतिक्रिया