दैलेखमा सेन्चुरी बैंकको शाखा विस्तार

दैलेखमा सेन्चुरी बैंकको शाखा विस्तार

दैलेख– दैलेखमा सेन्चुरी बैंकको शाखा उद्घाटन गरिएको छ । उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकको प्रमुख अतिथ्यतामा बैंकको उद्घाटन गरिएको हो ।
दैलेख सदरमुकाममा सेन्चुरीको ९६ औं शाखा सञ्चालनमा आएको छ । उद्योग बाणिज्य महासंघ दैलेखका अध्यक्ष कुलबहादुर विक र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सेन्चुरीसंगै दैलेखमा बैंकहरुको संख्या १२ पुगेको छ । दैलेख उद्योग बाणिज्यका अध्यक्ष कुलबहादुर विकले लगानीको सम्भावना धेरै रहेकाले अब सवैले हातेमाले लरेर लगानी गर्नुपर्ने बताए । लगानीमा बैंकले खुलेर छिटो सरितो गर्नुपर्ने अध्यक्ष विकले बताए ।

बैंकले लगानी बजार केन्द्रितभन्दा पनि गाउँ केन्द्रित हुनुपर्ने सुझाव दिईएको थियो ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बैंकको नारा सरल बैंकिग सबैका लागि भन्ने रहेकाले पहूँच भन्दा बाहिरका नागरिकलाई पनि सेवा प्रवाह गर्ने पतिवद्धता जनाएका छन् । सेन्चुरीको झण्डै ९७ अर्ब पूँजी परिचालन छ । विकासको क्रममा आर्थिक विकास र समृद्धी निर्माणमा सहयोग पु¥याउन आफूहरु आतुर रहेको अध्यक्ष श्रष्ठको भनाई थियो ।

प्रतिक्रिया