कालिकोटमा पहिलो पटक स्वास्थ्य बीमा

कालिकोटमा पहिलो पटक स्वास्थ्य बीमा

कालिकोट – कालिकोटमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ । नेपाल सरकारले लागु गरेको स्वास्थ्य बीमा कार्यक्रमको ३६ औं जिल्लाका रुपमा कार्यक्रम लागु भएको हो ।स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि हाल धेरैले स्वास्थ्य बीमा गर्दै आएको र कालिकोटमा अति बिपन्न परिवकारको संख्या धेरै भएका कारणले यो कार्यक्रम लागु गरिएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले बताए । ‘देशभरका सबै व्यक्तिको स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको छ ।’ उनले भने,‘कालिकोटमा विपन्न परिबारको संख्या धेरै भएका कारणले यो कार्यक्रम लागु गरिएको छ ।’

कालिकोटमा १ लाख ३६ हजार ९ सय ४८ जना जनसंख्या मध्ये ६३.९ प्रतिशत गरिबीको रहेको र १२ हजार ४ सय ३३ परिवार गरिब रहेको निर्देशक उपाध्यायले बताए । ‘यो जिल्लामा गरिबीको संख्या निकै ठुलो रहेको छ ।’ उनले भने,‘त्यसैले यो जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको हो ।’

कतिपय जिल्लामा सुरु भइसकेको भएपनि सबै जिल्लामा भने यहि आर्थिक वर्षभित्र ४० जिल्लामा कार्यक्रम पु¥याउने नेपाल सरकारको उद्देश्य निर्देशक डा. उपाध्यायले बताए । ‘यसअघि स्वास्थ्य बीमा कार्यक्रम पाँच जिल्लाबाट सुरु भएको थियो ।’ उनले भने,‘यस आर्थिक बर्षमा ४० जिल्लामा यो कार्यक्रम पु¥याउने लक्ष्य रहेको छ ।’

यस आर्थिक बर्षमा सिराहा, मुगु, हुम्ला र डोल्पा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने र परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न पाउने निर्देशक डा.उपाध्यायले बताए । ‘पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति ४ सय ५० का दरले थप रकम लाग्ने व्यवस्था रहेको छ ।’ उनले भने,‘पाँच जनाको परिवारले बीमा शुल्कवापत प्रत्येक वर्ष २५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ ।’

स्वास्थ्य बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको र सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था निर्देशक उपाध्यायले बताए ।

देशभरमा हालसम्म ८ लाख ७४ हजार ९ सय ६९ जनाले स्वास्थ्य बीमा गरेको, १ लाख १० हजार ९ सय जना अति गरिब परिवार बीमित भएको १ लाख २७ हजार ३ सय १५ जना स्वास्थ्य बीमाबाट लिएको कार्यकारी निर्देशक उपाध्यायले बताए ।

प्रतिक्रिया