भलिबलको उपाधी जगदिश मावी ऐराडीलाई

भलिबलको उपाधी जगदिश मावी ऐराडीलाई

दैलेख १४ जेठ– महावु गाउँपालिकाको वडा नं. २ वडाखोलाको ऐराडीमा आयोजित अन्तर विद्यालय खेलकुद प्रतियोगितामा भलिबल तर्फको उपाधी जगदिश माध्यामिक विद्यालय वडाखोला ऐराडीले हात पारेको छ ।
स्वास्थ्यका लागि खेल, सबैका लागि खेल भन्ने मुल नाराका साथ विश्व खेल दिवसको अबसरमा ज्वाला बाल संजाल बडाखोलाले आयोजना गरेको खेलकुद प्रतियोगितामा भलिबल तर्फको उपाधी जगदिश मावीले हात पारेको हो ।
प्रतियोगितामा भलिबल तर्फ मालिका माध्यामिक विद्यालय बाँसी दोस्रो भएको छ भने जगन्ती माध्यामिक विद्यालय तृतिय भएको छ ।
यस्तै १ सय मिटर दौड छात्र तर्फ पुरन घर्ती प्रथम, रमेश नेपाली द्धितिय र प्रेम गुरुङ तृतिय भएका छन् भने छात्रा तर्फ शोभा थापा प्रथम, विन्दु शाही द्धितिय र संगिता भट्टराई तृतिय भएका छन् ।
यसैगरि २ सय मिटर दौड छात्र तर्फ पुरन घर्ती प्रथम, ललित सुनार द्धितिय, मिलन शाही तृतिय भएका छन् । यस्तै २ सय मिटर दौड छात्रा तर्फ बबिता क्षेत्री प्रथम, मनिषा केसी द्धितिय र शोभा थापामगर तृतिय भएका छन् ।
प्रतियोगितामा सटफुट छात्र तर्फ प्रेम गुरुङ प्रथम, अमर वि.क. द्धितिय र हरि सुनार तृतिय भएका छन् भने छात्रा तर्फ टिका गुरुङ प्रथम, मनिषा भण्डारी द्धितिय र देवु गुरुङ तृतिय भएका छन् ।
ज्याप्लीङ थ्रो छात्रा तर्फ टिका गुरुङ प्रथम, स्वस्तीका खत्री द्धितिय र दिपिन्द्रा शाही तृतिय भएका छन् भने छात्र तर्फ नरेन्द्र गुरुङ प्रथम, लेखराज कार्की द्धितिय तथा देवेन्द्र वि.क. तृतिय भएका छन् ।
छात्राहरुको स्किपीङ प्रतियोगितामा मनिषा वडुवाल प्रथम, भावना शाही द्धितिय र पूर्णीमा विष्ट तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालय र खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ भने उत्कृष्ठ खेलाडीको रुपमा टिका गुरुङलाई पुरस्कार प्रदान गरिएको छ ।
महावु गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढाले उद्घाटन गर्नुभएको प्रतियोगितामा महावु गाउँपालिका २ का वडा अध्यक्ष रामकृष्ण गुरुङ, विभिन्न विद्यालयका शिक्षक, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।


ज्वाला बाल संजाल बडाखोलाको आयोजनामा सम्पन्न प्रतियोगितामा महावु गाउँपालिका र एइ.आइ.एन. लक्जेम्वर्ग टि.डि.एच.जर्मनीले आर्थीक सहयोग गरेका थिए । प्रथियोगिता सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र जगदिश माध्यामिक विद्यालयको समन्वयमा सम्पन्न भएको छ ।
प्रतियोगिता ज्वाला बाल संजाल बडाखोलाकी अध्यक्ष करिष्मा सारुको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया