समृद्धीको यात्रामा कालिकोटको पलाँता

समृद्धीको यात्रामा कालिकोटको पलाँता

कालिकोट ।

कर्णाली प्रदेशको विकट मानिने यस जिल्लाको पलाँता गाँउपालिकाको विकास निर्माण तिव्र गतिमा चलेको छ । सधै जिल्लाको अभाव झेल्ने पलाता गाउँपालिमा अहिले ‘पलातामा बिकासको लहर, सम्मृद्ध पलाता जनताको रहर’ भन्ने नारालाइ सार्थक बनाउन गाउँपालिकाले विकास निर्माणका कार्यमा तिव्रता ल्याएको छ ।

सडक, खानेपानी, बिद्युत लगाएतका कार्यहरुलाई उच्च प्राथमिकतामा राखेको गाउँपालिकाले एक बर्षमा सबै वडामा सडक सबै घरमा बिजुली बत्ती पु¥याउने लक्ष्य राखेको छ । त्यस्तै, बिकास निर्माणमा छरितापना ल्याउन हाल कायम रहेको कार्यदल संख्यामा ४ सय थप गरी ५ सय पु¥याउने तयारी थालेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले वताए ।

एक बर्षमा सबै वडामा सडक
गाउँपालिकाले बेल्केढुगादेखि वडापालिकासम्म ४ किलोमिटर र बेल्केढुगादेखि बालुवासम्म ७ किलो मिटर गरि जम्मा ११ किलो मिटर संडक निर्माण कार्य सम्पन्न गरेको छ । यस आर्थिक बर्षमा ४० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिकाले असार मसान्तसम्म थप ३० किलोमिटर सडक निर्माण गर्ने योजना जनाएको छ ।


आठ महिना भित्र गाउँपालिकाका सबै वडामा सडक पु¥याउने गरि कार्य भइरहेको गाउँपालिका अध्यक्ष बमको भनाइ रहेको छ । ‘गाउँपालिकाले दुई वटा डोजर प्रयोग गरी सडक निर्माण कार्य गरिरहेको छ ।’ उनले भने,‘सडक निर्माण गरिरहेका डोजर मालिकले कामको आधारमा प्राबिधिक स्टमेट अनुसार भुक्तानी पाउने छन् ।’

एक घर एक धारा
वडा नं. १ र ९ का सबै घरधुरीमा यसै बर्ष एक घर एक धारा बितरण गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडा नं. १ मा गैर सरकारी संस्था भिडीसेफ नेपाल र वडा नं. ९ मा किर्डाक नेपालको सहजीकरणमा मिटर जडान सहित शुद्ध खानेपानी धारा बितरण गर्ने तयारी थालेको पलाता गाउँपालिका वडा नं. ९ का अध्यक्ष टक्कबहादुर बमले बताए ।

‘सबै घरमा शौचालय, करेसाबाढी, स्वच्छ सफा घर आगन र पुर्ण सरसफाइका सूचकहरु पुरा भएपछि खानेपानी धारा बाड्ने तयारी भईरहेको छ ।’ उनले भने,‘यसले गाउँपालिकालाई खानेपानी धारा पु¥याउने लक्ष्य पनि लिएको छ ।’

कार्यदलको संख्या ५ सय पु¥याउने तयारीगाउँपालिकाले विकास निर्माणको काम गर्न कार्यदल बनाएर काम गरिरहेको छ । गाउँपालिका कार्यदल कार्यबिधि २०७४ बनाएको छ । कार्यबिधि अनुसार कार्यदलको संख्या ३ बर्षमा ५ सय जना पु¥याउने तयारी थालेको वडा अध्यक्ष टक्कबहादुर बमले बताए । ‘२०७५÷०७६ मा कार्यदलको संख्या ३ सय जना पुग्ने छ ।’ उनले भने,‘नियमित अनुगमन तथा रिपोटिङ् सिस्टमका कारण केहि कठिनाइ भएपनि निर्माण र सामाजिक कार्यमा सहजता भएकाले कार्यदलको संख्या थप गरिएको छ ।’

कार्यदलमा काम गर्न थालेपछि आर्थिक तथा सामाजिक हैसियतमा समेत सुधार आएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए । ‘डोजरले ट्र¥याक ओपन गर्ने र कार्यदलले वाल लगाउने, ग्यामीन जाली भर्ने, नाली खन्ने लगायतका कार्य कार्यदलले गरिरहेका छन् ।’ उनले भने ।

सबै घरमा उज्यालो
गाउँपालिकाले पालिकाका ५ वटा स्थानबाट बिद्युत बाल्ने तयारी थालेको छ । पालिकाले ७० किलोवाट औलाखोला लघुजलबिद्यूत आयोजनाबाट गाउँपालिकाका ४,५ र ६ वडामा असार मसान्त भित्र बक्ति बाल्ने तयारी भइरहेको पलाँताका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताए । ‘त्यस्तै १७ किलो वाट भूचिखोला लघुजलबिद्युत आयोजना पनि असार मसान्तमा सम्पन्न हुने छ ।’ उनले भने,‘यस आयोजना बाट वडा नं. ७ का केहि घरधुरीमा बत्ती बल्ने छ ।’

त्यस्तै, १०० किलो वाट दुर्सि लघुजलबिद्युत आयोजनाको निर्माण कार्य आठ महिना भित्र सम्पन्न हुने छ । यस आयोजनाबाट वडा नं. १,२,३ र ७ का सबै घरधुरीमा बत्ती बाल्ने गरी अन्तीम तयारी भइरहेको गाउँपालिका अध्यक्ष बमले बताए । ‘२१ किलो वाट दार्मिगाड (क) लघुजलबिद्यूत आयोजनाबाट वडा नं. ९ का सबै घरधुरीमा जेष्ठ महिना भित्र बत्ती बाल्ने तयारी भइरहेको छ ।’ उनले भने,‘१३ किलो वाट दार्मिगाड (ख) लघुजलबिद्यूत आयोजना वडा नं. ८ का लागि आठ महिनापछि बत्ती बाल्ने तयारीका साथ कार्य भइरहेको छ ।’

सबै वडामा जनस्वास्थ्य सेवा केन्द्र
पलाँता गाउँपालिकाले पलाँताकका सबै वडामा जनस्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने कार्य अघिबढाएको छ । नागरिकको स्वास्थ्य अधिकार संरक्षण गर्न पलाँताका सबैवडामा जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हिमाल संज्यालले बताए । ‘वडा नं. २ को इलाका स्वास्थ्य केन्द्र राडुनेटा, ३ को सामुदायीक स्वास्थ्य इकाइ, ५ को स्वास्थ्य चौकी खिन, ८ को कोट, र ९ को पिपलकोटमा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् ।’ उनले भने,‘पलाँता १ को शैन, ४ को कयारदेव, ६ उखाडी, र ७ दैनिकरमा तत्काल स्वास्थ्य संस्था स्थापना गर्ने तयारी भइरहेको छ ।’

सबै स्वास्थ्य संस्था, इकाइ र सेवा केन्द्रहरुमा आवश्यक औषधी तथा साधनस्रोत पुगि सकेको छ । गाउँपालिकाले सडक, खानेपानी, बिद्यूत, स्वास्थ्य, शिक्षा, सिचाई, सहकारी र संचारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

 

प्रतिक्रिया