धूमपानको असर : मुख साघुँरिने समस्यादेखि क्यान्सरसम्म

धूमपानको असर : मुख साघुँरिने समस्यादेखि क्यान्सरसम्म

जेठ १७  काठमाडौं :

धूमपान तथा सुर्तीजन्य प्रदार्थको सेवनले विश्वमा बर्सेनि करोडाैं मानिसको मृत्यु हुन्छ। विश्व स्वास्थ्य संगठन अनुसार विश्वका ८० करोड मानिसले सुर्तीजन्य प्रदार्थको सेवन गर्छन् भने हरेक वर्ष पाँच करोड मानिसले ज्यान गुमाउँछन्। १० अर्ब धूमपानका अम्मलीमध्ये ८० प्रतिशतभन्दा बढी न्यून र मध्यम आय भएका मुलुकमा बस्ने गरेको बताइन्छ। नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थका कारण बर्सेनि २५ हजारले ज्यान गुमाउने गरेको अनुमान गरिएको छ।

धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले धेरै फोक्सो, पेटको क्यान्सर मुटुरोग हुन्छ। धूमपान नगर्नेको तुलनामा गर्नेलाई लाग्ने सर्ने रोग मध्ये ७० प्रतिशत नसर्ने रोग धूमपान तथा सुर्तीजन्य प्रदार्थको सेवनले लाग्ने चिकित्सकहरु बताउँछन्। धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले  धेरैलाई पेट , फोक्सो को क्यान्सर धेरै हुने जानकारी भए पनि यसको सेवनले मुखमा पुर्याउने असरबारे धेरैलाई थाहा नहुन सक्छ। धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले मुखमा पुर्याउने असरबारे कान्तिपुर डेन्टल कलेजमा कार्यरत मुख तथा दन्तरोग विशेषज्ञ डा. रोजिना भट्टराईको टिप्स–

तत्कालीन असर

धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा तत्कालीन समयमा दाँत पहेँलो हुने, गिजामा सुन्निने,  खैनी तथा गुट्टा राख्ने ठाउँको छाला फाट्ने तथा रातो हुने गर्छ। यसका कारण खानेकुरा खाँदा मुखभित्र पोल्ने हुन्छ। मुख्य कुरा, सुर्तीजन्य पदार्थ खाने तथा धूमपान गर्नेहरु अरुको तुलनामा मुख राम्रोसँग खोल्न सक्दैनन्। सुर्तीजन्य पदार्थ खाने तथा धूमपान गर्नेहरुलाई ‘ओरोसपन्यो साइपसिस’ भन्ने रोग लाग्छ। हाम्रो मुखको माथिल्लो भाग, गालाको भित्री भाग र टन्सिल एरियामा कडा खालको एक पदार्थ बन्छ। यसकारण मुख राम्रोसँग खोल्न मिल्दैन। यो पनि मुख क्यान्सरको सुरुवाती अवस्था हो। समान्यतया मानिसहरूले तत्कालीन रूपमा देखिने समस्यालाई वास्ता गर्दैनन् तर यस्ता समस्या लामो समयसम्म राख्दा अन्य गम्भीर समस्या देखिन्छ।

दीर्घकालीन असर

धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई पछि गएर मुखको क्यान्सर हुने ९० प्रतिशत सम्भावना हुन्छ। राम्रो समयसम्म चुरोट खानेहरुको मुखको भित्रीभागको छालामा मसिनो मसिनो बिबिरा अाउने र पछि गएर त्यसले क्यान्सरको रूप लिने हुन सक्छ। सुर्तीजन्य पदार्थ, सुपारीजन्य पदार्थ, अन्य अखाद्य पदार्थको सेवन, मद्यपान र रासायनिक पदार्थको प्रयोग गर्नेहरूलाई मुखको क्यान्सरले सताउन सक्छ।

बच्न के गर्ने ?

सुर्तीजन्य तथा धूमपान पदार्थ मुखको क्यान्सर हुने प्रमुख कारण हो। मुखको क्यान्सर हुने ७५ प्रतिशभन्दा बढीले सुर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ। धूमपानबाट मुखमा ३५ किसिमका रोग लाग्न सक्छ। यसको सेवनले मुखमा विभिन्न दाग देखिन सक्छ। कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ, त्यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ।

प्रतिक्रिया