छुवाछूत उन्मूलन दिवस मनाउने तयारी

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ १७, २०७५     ::: 173 पटक पढिएको   |  

दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ । दलित नागरिक समाजको आग्रहमा आज दैलेखमा बसेको पूर्वतयारी बैठकले पहिलो पटक सरकारी पहलमा मनाउन तयारी भएको हो ।
जिल्ला सदरमुकाममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको संयोजकत्वमा र सदरमुकाम बाहिर सबै गाउँपालिका अध्यक्षज्यू र नगरपालिकाहरुमा नगरप्रमुखज्यूको संयोजकत्वमा मूल समिति गठन गरी मनाउन ११ वटै स्थानीय तहलाई मनाउन परी पत्र गरिएको स्थानीय समन्वय अधिकारी नारायण कुवँरले बताउनुभयो ।
पूर्वतयारी बैठकमा नारायण नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपाने, शिक्षा इकाई प्रमुख बिष्णुप्रसाद अधिकारी, नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मी बिक, उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक, नेपाल बारका अध्यक्ष यामराज थापा, गैसस महासंघका अध्यक्ष महारुप खत्री लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।
बैठकले जेठ २१ गते विहान दैलेखका ३ वटै एफएम रेडियोबाट जातीय विभेद उन्मूलनका रेडियो सम्वाद कार्यक्रम गर्ने र गैसस महासंघले सोही दिन साँझ दैलेख सदरमुकामको देवकोटाचौकमा दीपावली गर्ने मैनबत्ति र कोणसभाका लागि प्रयोग हुने व्यानर लेख्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।
तत्कालिन प्रतिनिधिसभाले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको सन्दर्भमा घोषणा कार्यान्वयनका निम्ति नेपाल सरकारले निर्णय गरे अनुरुप ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाउन लागिएको पत्रकार अमर सुनारले जानकारी दिनुभयो ।



Leave a comment

Your email address will not be published.


*