तत्कालका लागि वैकल्पीक उर्जा मात्र विकल्प – शाही

तत्कालका लागि वैकल्पीक उर्जा मात्र विकल्प – शाही

 
सुर्खेत । ठुला जलविद्युत आयोजना निर्माण नहुन्जेलसम्म लागि कर्णाली प्रदेशमा विद्युतीकरणको एकमात्र विकल्प वैकल्पीक उर्जा रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रद्धारा विहिवार आयोजित नवीकरणीय उर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भुमिका सन्वन्धि कार्याशाला गोष्ठीलाई सम्वोधन गर्दै शाहीले राष्ट्रिय विद्युत प्रशारण लाईन नपुगेको कर्णालीमा वैकल्पीक उर्जाको विशेष कार्यक्रम संचालन गर्न केन्द्रलाई आग्रह गरेका हुन् ।

‘कर्णालीमा तत्काल विद्युतिकरणको आवश्यकता पुरा गर्न वैकल्पिक उर्जाका सवै कार्यक्रम कर्णालीमा केन्द्रीत गर्नुहोस’ उनले भने । वैकल्पिक उर्जाको प्रयोग मार्फत खानेपानी, सिंचाई र विद्युतीकरणका समस्या हल गर्न र उत्पादको वृद्धि गर्न समेत सकिने शाहीले उल्लेख गरे । कर्णाली प्रदेशमा वैकल्पीक उर्जाको प्रयोग मार्फत जनताको समस्या हल गर्नका लागि प्रदेश सरकार समेत लगानी गर्न तयार रहेको मुख्यमन्त्री शाहीको आश्वासन थियो । उनले गुणस्तरीय र दिगो रुपमा काम गर्न वैकल्पीक उर्जालाई आग्रह गरे ।

प्रदेश राजधानी सुर्खेतमा तत्काल १ मेगावाटको सोलार प्लान्ट निर्माण गर्न पनि वैकल्पी उर्जा प्रवद्र्धन केन्द्रलाई आग्रह गरेका छन् । प्रदेश राजधानीमा विद्युत आपुर्तिमा भएको समस्याका कारण प्रदेश सरकारको कार्यसम्पादनमा पनि समस्या पैदा भएको बताएका उनले प्रदेश सभा र मन्त्रालयहरुमा तत्काल सौर्य विद्युत प्रणालीको स्थापना गरि समस्या सामाधान गर्न आग्रह गरे ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, नेपाली काग्रेस संसदीय दलका नेता जीवनवहादुर शाही, पुर्वमन्त्री एवं संसद यमलाल कँडेल र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया