सदरमुकाम बसेर भविष्य बनाउने केही व्यक्तिहरु,यहाँको विकासमा जलन हुनु नराम्रो संस्कार

सदरमुकाम बसेर भविष्य बनाउने केही व्यक्तिहरु,यहाँको विकासमा जलन हुनु नराम्रो संस्कार

दैलेख सदरमुकाम दैलेख बजार बसेर आफ्नो भविष्य निर्माण गर्ने धेरै व्यक्तिहरु छन् । यहाँ क्षत्रियताको कुरा गर्न खोजिएको होईन तर नियतमै खोट भएका कतिपय नेता र नेतृत्वहरुका कारण दैलेख सदरमुकाम सँधै ओझेलमा प¥यो ।
कथन अनुसार पहिला दुल्लू सदरमुकाम थियो रे चोरेर दैलेख ल्याईएको हो रे ? यो बाहेक अरु प्रमाणहरु मेरो पत्रकारितको जीवनमा पाउन सकेको छैन् । यदी त्यस्ता प्रमाणहरु छन् भनेपनि प्रस्तुत गरिदिन सम्वन्धित सवैलाई जानकारी गराउन चाहन्छु ।
सदरमुकाम बसेर सुन्दर भविष्य निर्माण गर्नका लागि बिभिन्न बाहनामा राम्रो वा नराम्रो नियतले काम गर्नुहुने आदरणिय (बराकेट भित्रका बुद्धिजिवी मित्रहरु) । यहाँ बसेर बिभिन्न बाहनामा चाहे पार्टी होस्, चाहे गुट होस् चाहे उपगुट होस्, चाहे अरु जे सुकै होस्, बिभिन्न तवर तरिकाबाट फाईदा लिईरहुनुभएका केही आदणिय बुज्रुक मित्रहरुलाई यहाँपनि मानव वस्ति छ भन्ने कुरा हेक्का नहुनु लाजमर्दो कुरा हो । कागले सुन लग्यो भन्दा कान नछामेर एकाएक सामाजिक संजालमा हवादारी गफ फैलाउन तत्पर देखिनुभएका आदणिय महान मनुवाहरु आँखिर सत्य त अहिले बाहिर आएरै छाड्यो ।

बिगत चार वर्षदेखि लगातार दुल्लू क्षेत्र भैरवी हुँदै कालिकोट र जुम्ला जाने सडक निरन्तर निर्माणाधिन छ । सरकारले हरेक बर्ष बजेट विनियोजन गरेकै छ । कर्णाली राजगमार्गको स्तर उन्नती सरकारले हरेक बर्ष गरिरहेकै छ । कर्णाली राजमार्ग सडक हुँदै अहिले लाखौं पर्यटकहरु आवत जावत गरेकै छन् । पक्ष वा विपक्षका हिसावले दैलेखका क्षेत्र नं. १ का मित्रहरुले अहिलेसम्म बिरोध वा सर्मथनका केही आवाजहरु उठाएको देखिएन र सुनियन् ।
धेरै बर्षको प्रयास पछि यसपाली प्रदेश सरकारले सुर्खेत दैलेख सदरमुकाम र महावु हुँदै जुम्ला जोड्ने सडक सुरक्षित हुनसक्छ, छिटो हुनसक्छ मात्र भन्दा जानेकै बिद्धानहरुबाट नचाहिने हल्ला पिटेर कोकोहोलो मच्चाउने काम कतिपनि मानवीय पक्षको नभएको मैले महसुस गरे, त्यसैले आज टिप्पणिका रुपमा यो कुरा लेख्न बाध्य भएको छु ।
मेरो पेशा वा मेरो कर्मले यो वा त्यो पक्ष भन्नुपर्ने आवश्यकता छैन् । तर सुझावका रुपमा भन्न चाहन्छु तपाई क्षेत्र नं. १ हाँक्ने भनेर लाग्नुभएका मनुवाहरुमा अहिलेसम्म पनि झस्को पस्न सकेनछ् । धिक्कार छ तपाँईहरुको बिद्धानता, तपाँईहरुको महानता । खैर सरकारले त केही हदसम्म अहिले यो कुरालाई सम्बोधन गरेको छ । शंका लागेर आउन थालेको छ कतै रेडबुकको शब्द त हटाईने होईन यती सम्मको गैर जिम्मेवारी भेगियताको सोच पक्कै पनि राम्रो होईन् । तपाँई आम नागरिकहरुका लागि यो कुरा गर्न खोजिएको छैन्, केही बिद्धान, जान्ने बुझ्ने भनेर पहिचान दिन खोज्ने तर संकृण सोच भएकाहरुले नै बिषयलाई बिषयान्तर गरेर क्षणिक रुपमा राजनीतिक फाईदा लिन खोज्ने खेलहरु भए, यस्ता सबै खेलहरु हेर्ने, देख्ने र सुन्ने काममा म आफै सहभागि भएका कारण केही कुरा लेख्नुपर्ने बाध्यता भएको हो ।
दैलेख सदरमुकाम आउने माथिल्लो डु·ेश्वरमा तीन वर्ष अघि सडक नहुँदै निर्माण गरिएको पक्कि पुल पहुँचका भरमा हालिएको कुरा कसैले लुकाउँछु भनेर लुक्नेवाला छैन् । संचार माध्याममा तीव्र आलोचना भएपछि नाटकिय रुपमा नयाँ बाटोको सुरुवात गरिएको कुरालाई अहिलेसम्म कसैले नउठाउनु बिरोध होला वा सर्मथन बुझ्नेहरुका लागि शिरखण्ड नै हुन्छ ?
सडक बिभागका हाकिम सँगै कर्णाली प्रदेशका मुख्य मन्त्रीले उद्घाटन गरेको उक्त सडक पक्कै पनि कालिकोट हुँदै जुम्ला जान्छ किनकी लगतार करोडौं बजेट आएको छ । अव अरुतिर देखेर आतिने हैन त्यहाँ परेको बजेटको सदुपयोग गर्ने जिम्मेवारी पनि बोक्नुपर्ने देखिन्छ ।
भलै यो वर्षबाट बल्ल तल्ल सरकारले प्राथमिकतामा राखेको दैलेख सदरमुकाम महावु हुँदै गाल्जे जुम्ला सडकको भन्दा दुल्लू कुसापानी सडक छिटो बन्ने देखिन्छ अनि यो वा त्यो, यता वा उता भनेर किन आत्तिनु किन कोकोहोलो गर्नु ? सबैलाई सुविधा पुग्ने गरी दैलेखको पूर्ण रुपमा पर्यटन विकासका लागि सरकारले थालेको अभियानमा काँधमा काँध मिलाउनु सबैको दायित्व हो । आफ्नो नजिकबाट विकास जाओस् भन्ने चाहना सबैको हुन्छ यसलाई स्वभाविक मान्नुपर्छ तर धरातल नबुझेर गरिएका मिथ्या बिश्लेषणहरुले स्वयंमलाई नै घाटा हुने देखिन्छ ।
कर्णाली राजमार्ग दैलेखको भू–भाग भएर जाँदै गर्दा सदरमुकाम दैलेख बजार छोएर जानुपर्ने थियो तर त्यसो भएन् । राजनीतिक रुपमा सुर्खेतका नेताहरुले पुर्वाग्राही भएका कारण सदरमुकाम समस्यामा परेको कुरा अहिलेपनि गुनासोको रुपमा सुन्न पाईन्छ । त्यती मात्र हैन् मध्यपहाडी राजमार्ग समेत दैलेख सदरमुकाम नभएर जाने पक्का भएपछि तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईसँग कडा माग राख्न बाध्य भएका दैलेखी जनताहरुले सदरमुकाम भएर मध्यपहाडी जाने निर्णय त गराए तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । अव यो सडकको कार्यान्वयनका लागि पनि पहल थाल्नु सबैको दायित्व बरावर हुन आउँछ ।
सदरमुकामको खस्कँदै गएको व्यापार व्यावसय मात्र हैन् सिंगो सदरमुकामकै भविष्य उज्जवल बनाउने निर्णय अहिलेको सरकार र निर्वाचित सांसदहरुको पहलले भैरहँदा यहाँ दिपावली गर्नुपर्ने हो । तर प्रतिपक्षी वा अन्य बाहनामा बराकेट भित्रकै बिद्धानहरुको शैली भएको देखेर उदेक लागेर आयो । धन्य तीम्रो बिवेक । कहिले सुध्रिने हो हाम्रो दरिद्र मानसिकता ?
अन्त्यमा धन्यवाद दिन चाहान्छु सांसद रविन्द्रराज शर्मा, अमर थापा लगायत सबै सांसद ज्यूहरु सबै क्षेत्रको विकासमा समान धारणा बनाउनुहोस्, संभावनाको खोजी गरेर सुरक्षित यात्रा तय गराउने बातावरणको तयारी होस् । सबै स्थानबाट धमाधम सडक संचालन हुन सके दैलेख यसै पनि स्वर्ग त्यसै पनि स्वर्ग । लेखकका निजी बिचार हुन्……..

लेखक धमाका दैनिकका सम्पादक हुन ।

प्रतिक्रिया