समृद्धिको आधारः उद्यमशीलता

समृद्धिको आधारः उद्यमशीलता

कवीराज खत्री (झवी)

विषय प्रवेश
यतिखेर ‘समृद्धि’ शब्दले निकै चर्चा पाएको छ । कुनै दिन श्री ३ भन्ने शब्दले चर्चा पाएको थियो । त्यस पछि सबै पंच नेपाली सबै नेपाली पंच भन्ने शब्दले चर्चा पाएको थियो । शब्दहरुले चर्चा पाउँदै जाँदा वहुदलिय ब्यवस्था आयो । त्यस बखत खासै कुनै शब्दले चर्चा पाउन सकेन भने वहुदलको न्वारन भईसके पछि ‘जनयुद्ध’ शब्दले चर्चा पायो । जब मूलकमा पूँजीवादी गणतन्त्र स्थापना भयो, त्यस पछि समृद्धि शब्दले निकै चर्चा पाएको छ । नेपालको राजनीति शब्दभण्डारको खेल हो । किनभने यी र यस्तै शब्दहरुको इतिहास हेर्दा त्यस्तै अनुभूती हुने गर्दछ ।
तथापी हामीहरुले द्वन्द्ववादी तरिकाले हेर्दा विश्वास र शंखा दुवै गर्नु पर्दछ । प्रगती हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्नु पर्दछ । वास्तवमा हामी जनताले सोचे अनुसारको प्रगती किन हुन सकेन ? यसका केही ठोस कारणहरु रहेकाछन । त्यस मध्येको पहिलो कारण हो हामी जनता भनिने जात नै सुस्त मनस्थिती भएका, परम्परावादी सोचबाट अघि बढेका र अरुलाई ठूलो देख्ने र आफुलाई सानो देख्ने प्रवृत्ती भएका, आचरणमा भ्रष्टिकरण भएका, अज्ञानताको सिकार भई ज्युँदै मरेको लास भएका, परनिर्भरता र दमन, अन्याय, अत्याचार जति पनि सहन सक्ने तर न्यायका लागि दुरदृष्टिका आधारमा संगठित हुन नसक्ने आदि इत्यादि परिभाषा हाम्रो पहिचान हो । दोस्रो कारण नेपालका सत्ताधारी, विपक्षी अर्थात राजनीतिक नेताहरुसित सामाजिक उत्तरदायित्वको भावना नहुनु । अर्थात ब्यक्तिगत स्वार्थ प्रदान पक्ष र सामाजिक स्वार्थ गौण पक्ष बनाएर ब्यक्तिगत स्वार्थ पुरा गर्नका लागि राजनीतिक दलमा आवद्ध भएको पाईन्छ । जसका कारण देशमा चाहेजस्तो शासन आउन सकेको छैन । तेस्रो कारण अधिकांश कर्मचारीतन्त्र भ्रष्ट र कमाउवादमा लतपतिनु । यस विषयमा यति नै चर्चा गर्दा उपयुक्त होला ।

विषयको केन्द्रीरण
समृद्धि भनेको के हो ? यस विषयमा थोरै चर्चा गरौं । समृद्धि भनेको संक्षेपमा अरु केही होइन हाम्रो श्रमलाई प्रकृतिमा मिसाउनु हो । अर्थात श्रमलाई भूमीमा मिसाएर परिणाममूखी कर्म गर्नु नै समृद्धि हो । हरेक मानिसले श्रम गर्नु नै समृद्धि हो । तर नेपालमा सय जनामा दस जनाले श्रम गर्ने र बाँकी नब्बे जना गफ गरेर खाने प्रचलन छ । यसको अन्त्य भयो भने नेपाल समृद्ध हुन्छ । समृद्ध नेपाल बनाउनका लागि कानुन, नीति, ऐन, नियम सरल, मजदुर पक्षिय हुनु पर्दछ । यो पहिलो सर्त हो । यसको अलवा समृद्ध नेपाल बनाउका लागि केही आवश्यक सर्तहरु पुरा हुनु पर्दछ । ती आधारभूत सर्तहरुको बारेमा थोरै चर्चा गर्दा राम्रै होला ।
क) उर्जा :
समृद्धिका लागि पहिलो सर्त उर्जा हो । उर्जा विना समृद्धिको कुनै कल्पना समेत गर्न सकिन्न । अहिलेको आधुनिक र प्रविधियुक्त युगमा पनि देशका जनता अन्धकारमुनी वस्न बाध्यछन । देशका नदीनालाहरु विद्युत उत्पादनका लागि भन्दै विदेशीलाई विशेष गरेर भारतलाई बेच्ने काम भएको छ । तर यति सानो नेपाल संभावना हुँदाहुँदै पनि अध्याँरोमा बस्न बाध्य पारिएको छ । कुरा समृद्ध नेपालका गर्ने तर जनतालाई अहिले पनि अँध्यारोमा बाँच्न विवश बनाउने । उर्जा नभए कसरी प्रविधि संचालन गर्ने, कसरी उद्योग स्थापना गर्ने, कसरी गुणस्तरीय वस्तुहरु प्रसोधन गरेर बजारीकरण गर्ने ? त्यस कारण समृद्धिको पहिलो आधारभूत आवश्यकता उर्जा हो । उर्जा विना समृद्धिको कुरा मिथ्या हो । यस तर्फ राज्यको अहिले पनि ध्यान जान सकेको छैन ।
ख) उद्यमशीलता :
दोस्रो समृद्धिको सर्त उद्यमशीलताको विकास हो । मूलुक कुन तहमा छ भनेर हेर्ने हो भने हाम्रो मूलुक कहाँ र कुन तहमा छ ? कसैलाई थाहा छैन । मानिस बेरोजगार भयौं भनेर सडकमा कराउने गर्दछन । दिनभर भट्टी पसलमा मदिरा पिउने गर्दछन । प्राय जुवाको खालमा भेटिन्छन । कृषकहरु चार वियाँ वीउ रोपेर कृषिबाट आम्दानी छैन भन्ने गर्दछन । युवाहरु धर्तिलाई धिक्कार्दै पासपोर्ट बनाएर खाडि मूलुकमा भौतारिन आतुर देखिन्छन । पढेका शिक्षित वर्गहरु पढनुको अर्थ जागिर खानु हो । जागिर खान पाएको भए तलबभन्दा पनि कमिशस खान पाहिन्थ्यो । अकूल कमाउन पाहिन्थ्यो भन्ने मानसिकता बोकर बरालिएका भेटिन्छन । यस्तो प्रकारको रामलिला जनशक्ति छ हाम्रो देश नेपालमा । पढेकोले कठिन काम गर्न नमिल्ने, नपढेकाले काम नजान्ने ? यहि आधारभूत समस्याको पेरीफेरीमा नेपाल छ । तसर्थ हरेक नेपाली जबसम्म उद्यमशील हुन्नन तवसम्म समृद्धि असंभव छ । पढेकाहरु जागिरे मोहमा होइन, बाँझा बनेका खेतवारीमा श्रम गर्न तयार हुनु पर्दछ । यो वातावरण राज्यले बनाउनु पर्दछ । परम्परागत कृषि प्रणालीको तत्काल अन्त्य गर्नु पर्दछ । हरेक वडाहरुमा अनिवार्य आईएलो मापदण्ड अनुसारको उद्यमशीलता तालिमहरु संचालन गर्नु पर्दछ । तालिम मात्र होइन, तालिम सकेकै दिन श्रमलाई उद्यमशीलतामा रुपान्तरण गर्नु पर्दछ । कसैले पनि जमिन बाँझो राख्न नपाईने, कोही पनि काम नगरि खान नपाईने र गाउँ गाउँमा एकघर एक लघु उद्यम अनिवार्य स्थापना गर्नु पर्ने सर्त नै लगाउनु पर्दछ । प्रत्येक नेपाली उद्यमशीलत भए भने तब पो समृद्धिको आधार तयार हुन्छ । राज्यले यस विषयमा गम्भीरतापूर्वक सोच्नु पर्दछ ।
ग) उद्योग :
कुरा समृद्धिका गर्ने एक जिल्लामा एउटा पनि ठूलो उद्योग स्थापना नहुने हो भने गफले मात्र समाज समुन्नत हुन सक्दैन । त्यसैले एक पालिकामा एक ठूलो उद्योग, तीन मझौला उद्योग, पाँचवटा साना उद्योग र प्रत्येक घरमा लघु उद्योगहरु संचालन गर्ने वातावरण श्रृजना गर्नु पर्दछ । स्थानीय तहमा जहाँ जुन श्रोत छ, त्यही स्रोतमा आधारित उद्योगहरु स्थापना गर्ने हो भने समृद्ध नेपाल बनाउन दुई देखी तीन वर्ष पनि लाग्दैन । राज्यसित यहि कुराको आँट छैन । किनकी यी कार्यहरु गर्ने हो भने जनता सचेत हुन्छन, मजदूरीकरण हुन्छन, आत्मनिर्भर   हुन्छन । फलतः पुरानो मानसिकता बोकेका राजनीतिक दलका नेताहरु खारेज भई नयाँ विचार, आँट,साहास बोकेका नेताहरुको जन्म हुन्छ । सत्ताको रसस्वादन गर्न पाँहिदैन भनि शब्दमा मात्र मिठासपन दिने र काममा जनता ठग्ने प्रवृत्ति अहिले पनि सत्ताधारी पुराना सोचका नेताहरुको कायम छ । यस कारण जनतालाई उद्यमशील बनाउन पनि चाहन्नन र उद्योगको स्थापना पनि गर्न दिदैनन र भन्छन ‘समृद्ध नेपाल बनाऔं ।’
घ) संरचना :
समृद्धिको अर्को आधरभूत सर्त हो संरचना निर्माण । संरचनाको कुरा गर्दा नेपालमा एउटा आतंक छ, त्यो आतंक डोजर आतंक हो । वर्षेनी अरबौं रकम बराबरको सडक निर्मार्ण गरिन्छ तर सडक वाह्रै महिना चल्दैनन । भन्नुको मतलब कमिशनका लागि विकास हुने गर्दछ । तसर्थ समृद्ध नेपाल बनाउनका लागि गुणस्तरीय सडक, गुणस्तरीय विद्युतीकरण, गुणस्तरीय प्रसोधन, संकलन केन्द्र, हाटबजारहरु निर्माण्, वहुउपयोगी कोल्डस्टोरहरु निर्माण गर्नु पर्दछ । किसानका लागि सिचाँई, उद्यमीहरुका लागि प्रविधि, उद्योगीहरुका लागि विद्युत, ब्यापारिहरुका लागि सडक संजाल प्रमूख सर्त हुन । यसका साथै आधुनिक प्रकारका रंगशाला, खेलकुद मैदान, ठूल्ठूला पार्कहरु, पुरातात्वीक, धार्मिक, ऐतिहासिक सम्पदाको प्रर्वद्धन आदि संरचनाहरु निर्माण गर्नु पर्दछ । यी संरचनाहरु गुणस्तरीय हुनु पर्दछ । जसका कारणले मासिसहरुको चाप बढछ, अन्तराष्ट्रिय बजारका लागि विश्वका मानिसहरु नेपाल आउँछन । सम्बन्ध विस्तार हुन्छ । के राज्यले यस तर्फ अब ध्यान देला त ?
ङ) बजारीकरण :
हामी नेपालीहरुको बानी आफुले उत्पादन गरको चाम बेच्न लाज मान्छौं । अर्थात उत्पादन भएर मात्र हुँदैन, त्यसको उचित प्रकारले बजारीकरण गर्न सकिएन भने उत्पादित वस्तुको कुनै काम छैन । हुन त बजारीकरणका लागि सडक प्रधान पक्ष हो । त्यो भन्दा पनि गुणस्तरीय उत्पादन, लेवलिङ्ग, प्योकेजिङ्ग र प्रचार प्रसार मूख्य पक्ष हो । एउटा उद्यमीले उत्पादन गरेको वस्तुको आकर्षक रुप दिन खोज्दछ तर उसको हुति पुग्दैन । किनभने उसलाई सरल ब्याजमा ऋण पाउँदैन, लेवलिङ्ग, प्योकेजिङ्ग, दर्ता प्रकृया, कर नीतिले उसलाई थकाउँछ । मन भएर, उद्यमशीलता भएर, उद्यमी भएर पनि यी समस्याले गर्दा उत्पादित वस्तुको बजारीकरण हुन सकेको छैन । तसर्थ राज्यले लघु, घरेलु तथा साना उद्यमीहरुका लागि प्रविधि, लेवलिङ्ग, प्योकेजिङ्ग, विज्ञापन, राजस्वमा न्यूनतम ५ वर्षका लागि ५० प्रतिसत छुटको ब्यवस्था गर्नु पर्दछ । सुलभ ब्याजमा परियोजनाका आधारमा ऋण दिने ब्यवस्थाको पूर्ण ग्यारेन्टि गर्नु पर्दछ । जुन ठाउँमा जुन वस्तुहरु उत्पादन हुने गर्दछन, ती वस्तुहरु अनिवार्य प्रयोग गर्नु पर्ने र ती वस्तूहरु उत्पादन भएको ठाउँमा अर्को ठाउँबाट ती वस्तुहरु भित्राउन प्रतिवन्ध लगाउनु पर्दछ ।
च) लगानी :
उद्योगका निमित्त लगानी पहिलो सर्त हो । यस विषयमा राज्यले तत्काल पहाडि जिल्लामा मmभौला तथा ठूला उद्योग स्थापना गर्ने उद्यमीहरुलाई परियोजनाका आधारमा ५० प्रतिसत अनुदान(संरचना निर्माण र प्रविधि खरिद) दिनु पर्दछ । ब्याजदर सस्तोमा परियोजनाका आधारमा ऋणको ब्यवस्था गर्नु पर्दछ । यो स्किम राज्यले ५ वर्षका लागि लागु गरेको खण्डमा नेपालको समृद्धि हामीले सोचेभन्दा धेरै हुनेछ । यसका साथै प्रविधि भित्राउँदा भन्सार महसुल सुलभ, कर नीति उद्यममैत्री बनाउनु पर्दछ ।
निश्कर्ष :
समृद्ध नेपाल बनाउनका लागि यी छ वटा आधारभूत सर्त हुन । यदि जीवित र जनपक्षिय राज्य छ भने राज्यका तीनै तहका जिम्मेवार जनप्रतिनिधिहरुले हामीजस्ता उद्यमीहरुका यी कुरा सुन्नु पर्दछ । कुरा सुन्ने मात्र होइन, यी विषयमा रहेर ठोस काम गर्नु पर्दछ । नारामा समृद्धिका कुरा गर्ने र ब्यवहारमा काला कर्तुतहरु प्रस्तुत गर्ने हो भने समृद्धिको आधार तयार हुन सक्दैन ।
जसले जुन कुरा गरे पनि समृद्धिको आधार ः उद्यमशीलता नै हो । हरेक नेपाली उद्यमशील नभए समुन्नत, समृद्ध, आत्मनिर्भर समाज बन्न कक्दैन । ब्यापार नाफा कमाउनका लागि गरिने कार्य हो भने उद्यम समुन्नत, स्वरोजगार, समृद्ध र आत्मनिर्भर समाज बनाउन गरिने कार्य हो । यहि कुराको मनन हामी सबैले गर्न आवश्यक छ । अन्त्यमा यी विषयहरुका माध्यमबाट कसरी समृद्धि आउनसक्दछ ? तथ्याङ्क सहित अर्को आलेख लेख्ने जानकारी गराउँदै उठान भएका यी विषयमा सबैलाई गम्भीर हुन अनुरोध छ ।

प्रतिक्रिया