कर्णाली प्रदेश सरकार असफलताको उत्तराद्र्धमा –शाही

कर्णाली प्रदेश सरकार असफलताको उत्तराद्र्धमा –शाही

सुर्खेत । आईतबार बसेको संसद बैठकमा नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहले प्रदेश सरकार असफलताको उत्तराद्र्धमा गइसकेको आरोप लगाएका छन् । सरकारले गर्नुपर्ने काम कारवाहीभन्दा आफूखुसी चल्न थालेकाले असफलताको उत्तराद्र्धमा लम्की रहेको शाहीले आरोप लगाएका हुन् ।

प्रदेश सरकार कोल्टे परिसकेको बताएका शाहीले भने, ‘अव आगामी दिनमा अघि कसरी बढ्छ, त्यो भने हेर्न बाँकी छ ।’

चालु आर्थिक वर्षको लागि ल्याइएको १ अर्ब ५ करोडको बजेट किन कार्यान्वयमा नआउनुको कारण सरकारसंग शाहीले माग गरे ।‘प्रदेश सरकारमा तानाशाही हावी भयो’ शाहीले थपे, ‘जंगबहादुर राणाले उबेला जसको हातमा तरवार उसैको हातमा दरवार भन्थे, अहिले कर्णाली प्रदेश सरकारले पनि तानाशाहीशैलीको काम गर्न थालेको छ ।’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक कार्यक्रममा जाँदा पदिय मयार्दा नराखेको पनि शाहीको आरोप छ । केही दिन अघि मुख्यमन्त्री शाही टिसर्टमै सार्वजनिक कार्यक्रममा जानु आपत्तिजनक विषय भएको उनले बताए ।

 

प्रतिक्रिया